मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

विराटनगरका दुई क्यासिनोमा मध्यराति प्रहरीकाे छापा, २० जना पक्राउ

देश प्रदेश डेस्क 5473+ समाचार ( )
७ पौष २०८२, सोमबार

मोरङको विराटनगरस्थित दुई क्यासिनोमा प्रहरीले आइतबार मध्यराति छापा मारेर २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसमेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार, विराटनगरको बिग होटेलमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्ना होटेलको गोल्डेन क्यासिनोमा एकैसाथ कारबाही गरिएको हो।

देशमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध भए पनि लामो समयदेखि लुकीछिपी जुवा खेलाइँदै आएको विशेष सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ।

कारबाहीका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन्। रत्ना होटेलको क्यासिनोबाट १४ जना र बिग होटेलको क्यासिनोबाट ६ जना गरी कुल २० नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो।

छापा मार्दा क्यासिनोभित्र नेपालीहरू निर्बाध रूपमा जुवाजन्य खेल खेलिरहेको अवस्थामा फेला परेकाले व्यवस्थापन पक्षसहित उपस्थित सबैलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको एसपी कटुवालले जानकारी दिए। पक्राउ परेकालाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।

उनीहरूमाथि जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। हाल विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै