मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

झापा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर–१० चन्द्रगढीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको सभापतित्व तथा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
अध्यक्ष अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । उनले १ करोड ७१ लाख ७८ हजार शेयर पूजीँ तथा ८ सय ८ जना शेयर धनीसहितको विवरण पेश गरेका थिए ।  
समितिका सहसचिव सीता गुराँगाईले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि कोइराला ,नेपाल निजामती कर्मचारी सङ्गठन कोशीका अध्यक्ष काशीनाथ पराजुली, नेपाल निजामती कर्मचारी सङ्गठन झापाका अध्यक्ष केदार पोखरेल , नेपाल निजामती कर्मचारी सङ्गठन कोशीका इन्चार्ज लक्ष्मीप्रसाद गुराँगाई, ज्ञानोदय शिक्षक वचत तथा ऋण सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा रमाइलो चिठठा खेलमा विजेताहरुलाइ पुरस्कृत तथा सम्मान गरिएको थियो । संस्थाका सचिव नवराज पोखरेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार