९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो

देश प्रदेश डेस्क 5096+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

झापा /विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूले पछिल्लो ९ महिनामा एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाएका छन् ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपाेर्ट अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विदेश पढ्न जाने विद्यार्थीहरूले अध्ययनका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश लगेका हुन् । गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड बाहिरिएको थियो । 

चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १९ प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ४३ अर्ब २२ करोड रहेको थियो ।

याे समाचार राताे पाटीमा छ

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार