मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापामा पहिलोपटक अर्थाेकाेन २०२६ हुदै

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२९ माघ २०८२, बुधवार

झापा / नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औं वार्षिक सम्मेलन तथा ORTHOCON 2026 कार्यक्रम पहिलोपटक कोशी प्रदेशको झापामा आयोजना हुने भएकाे छ ।

बिर्तामोडको सिद्धार्थ होटलमा बुधबार नेपाल अर्थाेपेडिक एसाेसिएसनले आयोजना गरेकाे पत्रकार सम्मेलन मार्फत उक्त  जानकारी दिएका हाे ।

हाडोंनी विशेषज्ञ डाक्टरहरूको विशेष एवं महाकुम्भ झापामा गराउन पाएकाेमा झापाबासीले अत्यन्त उत्साहित, गौरवान्वित एवम् खुसी महसुस गरिरहेकाे आयाेजककाे दावी छ । झापाको भौगोलिक अवस्थिति भुटान, बङ्गलादेश र भारतसँग नजिकै छ। भौगालिक कारणले पनि NOA को अन्तर्राष्ट्रिय सम्बन्ध यी देशहरुसँग अत्यन्त सुमधुर तथा कसिलो भएकाे छ ।

माघ २९ गते देखि सुरु भएर फागुन ३ गतेसम्म आयोजना गरिएको यस महाकुम्भमा १०० भन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सकहरू सहभागी हुनुहुनेछ भने नेपालबाट ४०० भन्दा बढीको सहभागिता रहने आयाेजकले जानकारी दिएकाे छ । माघ २९ गते बिर्तामोडका विभिन्न अस्पतालहरूमा प्री कन्फरेन्स वर्कसप सञ्चालन गरिनेछ भने फागुन १, २ र ३ गते होटल मेची क्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिने भएकाे छ ।

कार्यक्रम व्यवस्था खर्चका लागि कोशी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ र औषधि कम्पनीहरु, इम्प्लान्ट कम्पनी तथा अन्य व्यवसायी कम्पनीहरूबाट सौजन्य जुटाइने छ। कोशी प्रदेशको झापा जिल्लामा नै पहिलो पटक आयोजना गरिएको अर्थोकोन २०२६ को सञ्चालनका लागि स्थानीय संघ संस्था एवं व्यक्तिहरूले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएकाे पनि जानकारी दिएका छन्। 

झापाका प्रमुख जिल्ला अधिकारीकाे प्रमुख आतिथ्यता रहने छ, भने अन्य सुरक्षा प्रमुखहरू एवं झापामा सञ्चालित अस्पतालका सञ्चालक एवं मेडिकल सुपरिटेन्डेन्टहरूको आतिथ्यता रहने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार