मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

कैदीलाई योगाभ्यास र ध्यान सिकाइने

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा गृह मन्त्रालयले देशभरका कैदी–बन्दीहरुलाई योगाभ्यास र ध्यान (विपश्यना) गराउने भएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सञ्चालन गरेको ‘स्वजागरण’ अभियान अन्तर्गत कैदीहरुलाई योगाभ्यास र विपश्यना सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । त्यसका लागि देशभरकै कारागारहरुमा योग तथा विपश्यना शिविर सञ्चालन गरिने बताइएको छ ।

योग शिविर सञ्चालनका सन्दर्भमा मंगलबार गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा छलफल भएको छ । बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको छ ।

१ महिना भित्रै नक्खु कारागारमा हुने १० दिने शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन हुनेछ । र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले योग्याभ्यास गर्ने शाहले बताए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार