मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

अन्तर्राष्ट्रिय युवा दिवस
भद्रपुर मिनी म्याराथनमा समीक्षा र करण प्रथम

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

झापा स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धधनका लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर तेस्रो खुल्ला यूथ मिनी म्याराथन (दौड प्रतियोगिता) सम्पन्न गरिएको छ । भद्रपुर नगर युवा परिषद्ले सोमबार बिहान आयोजना गरेको मिनी म्याराथनमा महिलातर्फ समीक्षा शेर्मा र पुरुषतर्फ करण रावल प्रथम भएका छन् । नेपाली सेनाकी समीक्षाले १० किलोमिटर दौड ३६ मिनेट २४ सेकेन्डमा र राष्टिय स्तरको एथलेटिक्स खेलाडी करणले १७ किलोमिटर दौड १ घण्टा ५ मिनेटमा पूरा गरेका थिए ।
त्यस्तै प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी धनकुमारी मगर द्वितीय, पुष्पा लिम्बु तृतीय र आकृति लिम्बु चौथो भएकी थिइन् । त्यसैगरी पुरुषतर्फ सरोज सिंह द्वितीय, नेपाली सेनाका अञ्जन राई तृतीय र सुदिप लुम्बा चौथो भएका छन् । प्रथम, द्वितीय, तृतीय र चौथो हुनेहरूलाई क्रमशः ११ हजार, ७ हजार, ५ हजार र ३ हजारले पुरस्कृत गरिएको थियो ।
साथै उत्कृष्ट हुने खेलाडीहरूलाई चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह र ज्येष्ठ नागरिक समूहले पनि सम्मान गरेका थिए । दौडमा सहभागी १०८ जनालाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
नगर युवा परिषद्ले यस पटक पर्यटकीय स्थलहरूको प्रवद्र्धधनका लागि किचकबधदेखि चन्द्रगढसम्म केन्द्रबिन्दु बनाएर दौड गराएका थिए । पुरुषहरूले किचक बधबाट सुरु गरेको दौड सुर्यनगर, चारआली, सगरमाथा चोक, ज्ञानेचोक, झापाचोक, भानुचोक, अस्पताल मोड, क्याम्पस मोड, ट्रेड युनियन चोकबाट धनुष मोड हुँदै चन्द्रगढी सामुदायिक उपभोक्ता वन समूहको कार्यालय अगाडि पुगेर समापन गरेका थिए ।
त्यस्तै महिलाहरूको दौड झापा चोकबाट सुरु भई सोही रुट अनुसार उपभोक्ता वन समूहको कार्यालय अगाडि पुगेर समापन भएको थियो ।
कार्यक्रममा नगर युवा परिषद्का अध्यक्ष तथा नगर प्रमुख गणेश पोखरेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धधनका लागि मिनी म्याराथनको आयोजना गरिएको बताए । यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरू नै नगरको पहिचान भएकोले यसको प्रवद्र्धधन र संरक्षणमा नगरपालिका लागिपरेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, भद्रपुर झापा गोल्डकपमा अध्यक्ष दीपेश ढकाल, चन्द्रगढी सामुदायिक उपभोक्ता वन समूहका अध्यक्ष दुर्गा भट्टराई, प्रहरी कार्यालय झापाका एसपी मिलन केसी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राई,निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ,विभिन्न सङ्संस्था लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै