झापा / रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका–३ टाटागाउँमा श्रीमानले आफ्नै श्रीमतीकाे खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
गएराति ३० वर्षीया देविका बुढाथोकीलाई उनीकै श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले राति घरमै खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएकाे छ।
स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भएको जानकारी दिएको छ ।
डिएसपी बिष्टकका अनुसार आपसी विवादपछि श्रीमानले श्रीमती माथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए ।
श्रीमान – श्रीमतीका बीचमा यसअघि पनि पटक / पटक झगडा हुने गरेको कुरा खुल्न आएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।