झापा । बिहे गर्ने प्रस्ताव स्वीकार नगर्दा झापाको अर्जुनधारा ६ मा ५० वर्षीया माया पुलामी मगरको हत्या भएको खुलेको छ ।
हत्यामा संलग्न बिर्तामोड नगरपालिका वडा नं ८ गरामनी स्थायी भई
बिर्तामोड ५ मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई प्रहरीले
पक्राउ गरी आज सार्वजनिक गरेको छ । त्यसक्रममा उनले विवाह गर्ने प्रस्ताव
गर्दा मायाले नमानेपछि हत्या गरेको कुरा खुलेको हो ।
अविवाहित रहेका
प्रसाई कामको सिलसिलामा भारतको आसाम डिब्लुगढमा १७ वर्ष काम गरी वि.सं.२०७२ सालमा
विर्तामोड फर्किएका थिए । उनी विर्तामोड नगरपालिका वडा नं ५ हर्कलाल
मार्गस्थित दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थायी बस्ने
गरेका थिए ।
प्रसाईको माघ ६ गते माया र उनको साथी एन राईसँग विर्तामोड नगरपालिका वडा नं १ पश्चिम स्टेण्डमा भेट भएको थियो । एन राईले प्रसाई र मायाबिच शारीरिक सम्वन्ध राख्न सहमति गराई प्रसाईले आफ्नो कोठामा लगी निर्माणाधीन घरको दोस्रो तलामा लगी एक पटक शारीरिक सम्बन्ध राखेका थिए । सोहि समयमा मायासंग माघ ७ गते राति भेटने सल्लाह भएको थियो । ७ गते साँझ प्रसाईले मायालाई खोज्दै उनी बस्ने ठाउँतिर जाँदा अर्जुनधारा ६ पुलचौकमा मायासँग भेटघाट भई गफगाफ गर्दै घटनास्थलतर्फ लगेको र केहि समयपछि बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले मायासँग विवाह गर्ने प्रस्ताव गर्दा मायाले प्रसाईको दाहिने आँखामा हातले हानेकी थिइन् । आँखामा चोट लागेपछि प्रसाईले मार्ने नियत राखी सडकमा रहेको ढुङ्गा टिपी मायाको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेका थिए ।
ढुंगा शव रहेको ठाउँबाट उत्तरतर्फ बारीमा फ्याकेको र आफू फरार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी सुरज कार्कीले बताए । प्रसाईलाई हिजो पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।