मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

एमालेको सङ्कल्प यात्राका उपलब्धि सार्वजनिक

देश प्रदेश डेस्क 5487+ समाचार ( )
८ पौष २०८०, आइतबार

झापा । नेकपा (एमाले) ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि सार्वजनिक गरेको छ । 

बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा यात्राले पार्टी, कार्यकर्ता र स्थानीय जनतामा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ । 

अध्यक्ष ओलीले उक्त यात्रा असाधारण र अविस्मरणीय भएको बताउँदै मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग गरे । 

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल भएको जनाइएको छ । 

साथै स्थानीय किसानसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावको सङ्कलन गरिएको एमालेले जनाएको छ ।

अभियानका क्रममा पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको एमालेका महासचिव शङ्कर पोखरेलले बताए । 

उक्त यात्रामा एमालेका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार