मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

अर्काको नागरिकता दुरुपयोग गरी काराेबार गर्ने पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
३० जेठ २०८१, बुधवार

झापा अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल ५ का ४० वर्षीय सुमन चापागाईलाई पक्राउ गरिएको बताइएको छ ।

बिहार मोतिहारी थाना केतवाड– ५ घर भई कमल गाउँपालिकामा सिरकडसना बनाउने काम गर्दैआएका मन्सुरीले मो. फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो टाँसी नागरिकता किर्ते गरी नेपाली नागरिकता बनाएको उजुरीका आधारमा प्रहरीले पक्रउा गरी अनुसन्धान सुरु गरेको  जिल्लाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।

सोही नागरिकताको प्रयोग गरेर कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. मा खाता खोलेको, उक्त नेपाली नागरिकता प्रयोग गरी जिल्ला झापा कमल वडा नं ५ मा ११ धुर जग्गा खरिद गरेको, जन्मदर्ता, विवाह दर्ता लगायतका कागजात समेत बनाइसकेको  डिएसपी चन्दको भनाई छ ।

मो.फिरदौस अन्सारीको नागरिकता विवरण दुरुपयोग गरेको भन्ने सूचनाको आधारमा मन्सुरीलाई नियन्त्रणमा लिई घरकोठा तथा उनको शरीर रितपूर्वक खानतलासी गर्दा नागरिकताको विवरणसँग हुबहु (जस्ताको त्यस्तै) मिल्ने विवरण भएको नागरिकता फेला परेको  उनले जनाए ।

जेठ २२ गते उनीहरुलाई दमक ६ बेलडाँगी रोडबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार