रास्वपा झापाद्धारा प्रादेशिक अस्पताल भद्रपुरलाई छ बुँद्दे अनुरोध पत्र

देश प्रदेश डेस्क 5096+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

झापा राष्ट्रिय स्वतन्त्र पार्टी झापाद्धारा प्रादेशिक अस्पताल भद्रपुरलाई छ बुँद्दे अनुरोध पत्र बुझाएकाे छ । अस्पतालबाट दिइने सेवा चुस्त दुरुस्त हुनु पर्ने मागसहित ६बुँद्दे अनुरोध पत्र बुझाएका हुन्

कार्यवाहक झापा सभापति प्रकाश पाठकसहित मङ्गलबार अस्पताल पुगेकाे टाेलीले छ बुँदाको अनुरोधपत्र वाचन गर्दै  कोशी प्रदेश कानुन विभाग प्रमुख शुरेस कुमार पोखरेल मार्फत अस्पतालका नवनियुक्त निमीत्त सुपरीटेन्डेण्ट सञ्जय कुमार गुप्तालाइ पत्र बुझाएका हुन् ।
 पाटीले गरेको अनुरोध पत्रमा विमा सेवालाई व्यवस्थित र झण्झट मुक्त गरिनुपर्ने , सिटी स्क्यान, भिडियो एक्स्रे लगायत ल्याव सेवालाई ओपिडी सेवा सञ्चालन अवधिभर र सो बाहेक साँझ बिहान समेत नियमित सञ्चालन गरिनुपर्ने ,चिकित्सक, नर्स तथा कर्मचारीको बोलीबचन र व्यवहारमा सदैब गुनासो आउने गरेकोले यसमा देखिनेगरी सुधार गरिनुपर्ने, सेवा लिन आउने विरामीलाई उच्च करुणाभाव राखी स्रोत साधनको अधिकतम प्रयोग गर्दै उच्च गुणस्तर र समग्र स्वास्थ्य सेवालाई सुनिश्चित गर्ने भनी अस्पतालले आफ्नो वार्षीक प्रतिवेदनमा राखेको उद्देश्य र सोचलाई व्यवहारमा लागू गरिनुपर्ने ,महिला रोग तथा बाल रोग विशेषज्ञ लगायका विशेषज्ञ चिकित्सकहरुको उपलब्धतामा सम्बन्धित रोगहरुको उपचार सेवा नियमित सञ्चालन गरिनुपर्ने,कोशी प्रदेश सरकारको मिति २०८१ माघ ८ गते पत्र निर्देशन अनुसार बिहान ९ देखि ३ बजेसम्म टिकट काट्ने र १० देखि १ बजे र २ देखि ५ सम्म दुई चरणमा अनिवार्य ओपिडीसेवा सञ्चालन गरिनुपर्ने ,झापा, इलाम, पाँचथर र ताप्लेजुङ् गरी चारवटा जिल्ला कार्यक्षेत्र रहेको ऐतिहासिक अस्पतालको सेवा प्रवाहमा राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोगी, रचनात्मक र समालोचनात्मक भूमिका निर्वाह गर्ने बाचा गर्दै अस्पताले दिनुपर्ने सेवामा कुनै कञ्जुस्याँई नगर्न पत्र मार्फत अनुरोध गरिएको छ ।
अनुरोध पत्र बुझ्दै नवनियुक्त निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुप्ताले अस्पतालमा सेवा विस्तार गर्न जरुरी रहेको बताए । क्यान्सर,मिर्गौला लगायतका सेवा थप गरेमा अस्पतालको सेवा आफै सुधार हुने उनले जनाए ।

कार्यक्रममा भद्रपुर नगर अध्यक्ष प्रेम नेउपाने ,झापा क्षेत्र नम्बर ३ का सभापति लक्ष्मण बस्नेत,नगरसचिव प्रेम खनाल,जिल्ला अनुसासन आयाेग झापा प्रमुख अर्जुन उप्रेति लगायतले अस्पताल सुधारका लागि पार्टी तयार रहेको बचन दिएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव शम्भु सुस्केराले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार