मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

सशस्त्र प्रहरीद्वारा बरामद १८ लाखको मोवाईल पार्टस भन्सार दाखिला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

सशस्त्र प्रहरीले बरामद गरेको ठूलो परिमाणको मोवाईल पार्टस भन्सार दाखिला गरेको छ ।

बरामद सामानको भन्सार मूल्य १८ लाख १ हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि आज दिउँसो २ः५० बजे मेची भन्सार कार्यालय, काँकरभिट्टामा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिएका छन् ।

शनिवार राति १२.४० बजे मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा इलाकाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्टस सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. बाहुण्डाँगीबाट सशस्त्र प्रहरी नायब निरीक्षक रुद्रबिर राईको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारततर्फबाट केही व्यक्तिहरूले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेका थिए ।

गस्ती टोलीलाई देखेपछि सामान बोकेका व्यक्तिहरू सामान छाडी फरार भएका थिए । गस्ती टोलीले नियन्त्रणमा लिई जाँच गर्दा ४ बोरा विभिन्न किसिमका आईफोन मोबाइलका पार्टसहरू फेला परेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार