मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

भद्रपुरमा हावाहुरी र असिनापानीले १ लाख ३० हजार बराबरको नोक्सानी

देश प्रदेश डेस्क 5469+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

झापा, भद्रपुर । मिति २०८२ चैत १४ गते राति आएको हावाहुरी र असिनापानीका कारण भद्रपुर नगरपालिका वडा नं. ३ सतार बस्तीमा घर तथा सम्पत्तिमा क्षति पुगेको छ। प्रहरी चौकी मेचिपारीका अनुसार उक्त प्राकृतिक विपत्तिबाट स्थानीय बासिन्दाहरूको गरी जम्मा रु. १,३०,००० बराबरको क्षति भएको छ।

प्राप्त विवरण अनुसार सोही स्थानका बुधय मुर्मुको टिनको छानो र बेरा भएको एक तल्ले भुईँ घर हावाहुरीले उडाएको साथै कुखुराका २० वटा चल्ला मरेका छन् जसबाट करिब रु. ५०,००० बराबरको क्षति भएको छ। त्यसैगरी कमल गणेशको टिनको छानोबेरा भएको एक तल्ले घर पूर्ण रूपमा क्षति भई करिब रु. १५,००० बराबरको नोक्सानी भएको छ भने दुखिया महत्तोको टिनको छानोबेरा भएको एक तल्ले भान्सा घर पूर्ण रूपमा क्षति भई करिब रु. ३५,००० बराबरको क्षति भएको छ।

त्यस्तै मिस्ति राजवंशीको टिनको छानोबेरा भएको एक तल्ले भुईँ घर पनि पूर्ण रूपमा क्षति भई करिब रु. ३०,००० बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोलीले स्थलमै पुगेर विवरण संकलन गरेको र प्रभावित परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार