मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

कार्की मृत्यु प्रकरणका दोषी कमल – ६ का वडाध्यक्ष भट्टराई पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

झापा कमल गाउँपालिका –६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् ।

कमल ६ का वडाध्यक्ष भट्टराईलाई हिजो बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफै आएको दमक प्रहरीले जनाएको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको १८ दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यतिका दिनसम्म उनी राजनीतिक संरक्षणमा रहेको बताइएको छ ।

एउटै कसूरमा कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भालिपल्ट पक्राउ गरेको थियो । वडाध्यक्ष भट्टराई भने यतिबेलासम्म कानूनी कार्वाहीभन्दा बाहिर थिए ।
त्यसो त प्रहरीले उनीमाथि किटानी जाहेरी लिन अस्वीकार गरेको थियो । मृतकका मामा खेमबहादुर बुढाथोकी इलाका प्रहरी कार्यालय दमक जाँदा वडाध्यक्षको नाम हटाउन लगाएर कार्कीकी श्रीमती चाहना र ससुरा पुण्यप्रसादको नाममा मात्र प्रहरीले किटानी जाहेरी लिएको थियो । आफ्नो भतिजाको मृत्युमा वडाध्यक्षको पनि हात हुँदाहुँदै प्रहरीले राजनीतिक दबाबमा पक्राउ गर्न नसकेको मृतक कार्कीका मामा बुढाथोकीले दावी गरे । घटनामा वडाध्यक्ष भट्टराईको समेत प्रत्यक्ष संलग्नता देखिएकाले जाहेरीको पेटबोलीमा भने उनको नाम उल्लेख छ । जाहेरीमा वडाध्यक्ष भट्टराईको नाम उल्लेख भएकाले उनीमाथि पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका थिए ।

गत ६ कात्तिक गते अर्थात महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए । सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए । आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दशैंको टिकाको दिन अर्थात कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए । तर, त्यस जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारवाही अघि नबढाइदिँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिंडेका थिए । उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईले एकपक्षीय दबाब र हस्तक्षेप दिएको गुनासो गरेका थिए । त्यसक्रममा कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए । कार्कीलाई श्रीमती , ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार