मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

इँटा उद्योगबाट २३ भारतीय कामदारको उद्धार

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

झापा / सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढास्थित एक इँटा उद्योगबाट २३ जना भारतीय कामदारको राष्ट्रिय मानवअधिकार आयोगले उद्धार गरेकाे छ ।

राजु साहले सञ्चालन गर्दै आएको बाबा धर्मराज इँटा उद्योगमा काम गर्ने भारतको आसामका २३ जना कामदारलाई आयोगको मधेश प्रदेश कार्यालय जनकपुरले उद्धार गरेको हो ।

इँटा उद्योगमा जबरजस्ती काम लगाएको तथा ज्याला नदिएको भन्ने अनलाइन उजुरी प्राप्त भएपछि स्थलगत निरीक्षण गरी विहीबार कामदारलाई उद्धार गरिएको मानवअधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनीले जानकारी दिए ।

उनकाअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्य र समन्वयमा ती कामदार उद्धार गरेर जनकपुर ल्याइएको छ । ती कामदार ठेकेदारमार्फत आएका आयोगले जनाएको छ ।

उद्धार गरिएकामध्ये १२ जना महिला, सात पुरुष र चार जना बालबालिका छन् । प्रक्रिया पुर्‍याएर ती कामदारलाई परिवारजनको जिम्मा लगाउने र इँटा उद्योग सञ्चालक उपर कानुन बमोजिम कारबाही अगाडि बढाउने आयोगको मधेश कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै