मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

विर्तामाेड बसपार्कका बासिन्दाहरु आन्दाेलित

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१२ माघ २०८२, आइतबार

झापा / आगामी फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधिसभाकाे चुनाव लाग्दै गर्दा विर्तामाेड बसपार्कका बासिन्दाहरु आन्दाेलित भएका छन् ।

विगत दुई वर्षदेखि रोक्का रहेको आफूहरूको ५१ बिघा जग्गा फुकुवा गर्न कसैले पनि सहयोग नगरेको भन्दै उनीहरूले राजनीतिक दलका उम्मेदवारहरूलाई बसपार्कमा प्रवेश निषेध गर्दै आन्दाेलित भएका हुन् ।

‘ हामीले सबै दलका नेताहरूलाई गुहार लगायौँ तर , आश्वासनबाहेक केही पनि पाएनौँ’ ५१ विघे बसपार्क समन्वय समितिका सहसचिव शिवराज पौडेलले भने,‘ त्यही भएर कुनै पनि उम्मेदवारलाई बसपार्कमा छिर्न दिँदैनौँ । ’

एमालेका तर्फबाट झापा २ का उम्मेदवार तथा निवर्तमान सभामुख देवराज घिमिरेले केही महिनाअघि बसपार्कको समस्या हल गर्ने बताएका थिए । एक–दुई दिनमै समाधान गरिहाल्ने उनको कुरा आश्वासनमै सीमित रह्यो । आफूहरूले आफ्‌नो क्षेत्रका सांसदसमेत रहेका निवर्तमान सभामुख देवराज घिमिरेदेखि लिएर हालका प्रधानमन्त्री सुशीला कार्की , गृहमन्त्री ओमप्रकाश अर्यालसम्मलाई समस्याका बारेमा ध्यानाकर्षण गराउँदा समेत कसैले पनि साथ नदिँदा आन्दोलित हुनु परेको पौडेलले बताए । २०८० सालको सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि बसपार्कको ११५३ वटा कित्ता भूमिसुधार तथा मालपोत कार्यालय झापामा रोक्का गरिएको छ ।

बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा जग्गामा पछिल्लो १५ वर्षदेखि घना बस्ती विकास भएको छ। करिब ६ सय पक्की घर, ११५३ घडेरी, बसपार्क, शैक्षिक संस्था, व्यापारिक संरचना तथा अन्तर्राष्ट्रिय सहयोगमा बनेका पूर्वाधारहरू त्यही क्षेत्रमा अवस्थित छन्। नागरिकहरूले यही जग्गा धितो राखी बैंकबाट ऋण लिएका छन्, व्यवसाय सञ्चालन गरेका छन् र राज्यलाई कर तिरेका छन्। आफ्‌नो जग्गा रोक्का हुँदा करिब १० हजार नागरिक प्रभावित भएका छन् । गत बैशाख ३१ गते सर्वोच्च अदालतले गिरीबन्धु टि इस्टेटको जग्गाको बारेमा फैसला सुनाएको थियो ।

सर्वोच्चले गिरीबन्धु टि इस्टेटको ३४३ बिघा १९ कठ्ठा १२ धुर जग्गा सट्टापट्टा हुन नसक्ने फैसला सुनाउँदै २०६५ सालमा बिक्री वितरण भइसकेको बिर्तामोड बसपार्कको ५१ विघा जग्गालाई समेत फैसलामा जोडेको थियो । त्यसपछि बिर्तामोड बसपार्कको जग्गाको बारेमा उत्पन्न अन्यौलताका विषयमा मालपोत कार्यालय झापाले स्पष्ट पारिदिन भूमिसुधार मन्त्रालयलाई गत जेठ महिनामा पत्र पठाएको थियो । त्यसको जवाफ अझै आइपुगेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै