मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु

भेषराज नेपाल 84+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

झापा / नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई सिधै नेपालको सीमासम्म पुर्‍याउने उद्देश्यका साथ ऐतिहासिक कोलकाता–विराटनगर कार्गो रेल सेवा औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको निरन्तर पहल र समन्वयमा साउन १ गते देखि यो व्यावसायिक सेवा विधिवत् रूपमा सञ्चालनमा आएको हो। 

कोलकाता बन्दरगाहमा आयोजित एक विशेष समारोहका बीच कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर पहिलो कार्गो रेलको प्रस्थान गराएका थिए। भारतीय कन्टेनर निगम लिमिटेडको रेल र्‍याकमार्फत प्रस्थान गरेको यस पहिलो ऐतिहासिक ढुवानीमा नेपालको प्रसिद्ध स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ लोड गरिएको छ, जसमा ४० फिटका ४० वटा उच्च क्षमताका कन्टेनरहरू सामेल छन्। मर्सक लाइनका यी सबै कन्टेनरहरूमा ढुवानीको उच्च सुरक्षा र पूर्ण पारदर्शिता सुनिश्चित गर्नका लागि अत्याधुनिक इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ। यो रेलमार्ग भारतको बथनाहा र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै सिधै विराटनगर भन्सार तथा एकीकृत जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने छ। 
यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर ल्याउन सकिने बाटो खुलेको छ, जसले पूर्वी नेपालको व्यापारिक परिदृश्यमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको छ। यसअघि नेपालमा यस्तो प्रत्यक्ष रेल कार्गो सुविधा केवल वीरगन्ज भन्सारमा मात्र सीमित रहेकामा अब विराटनगरमा समेत यो सेवा विस्तार हुनु कोशी प्रदेश र समग्र देशकै अर्थतन्त्रका लागि सुखद मोड मानिएको छ। परम्परागत सडक मार्गको ढुवानीको तुलनामा रेल कार्गो सेवा निकै सुरक्षित, भरपर्दो हुनुका साथै ढुवानी लागत र समय दुवैका हिसाबले निकै किफायती हुने गर्दछ। महँगो र अत्यन्तै झन्झटिलो सडक ढुवानीमा निर्भर रहँदै आएका नेपालका उद्योगी तथा व्यवसायीहरूका लागि यो सेवाले आपूर्ति शृङ्खलामा गतिशीलता ल्याउने र 'लजिस्टिक्स' लागतमा ठूलो राहत दिँदै बजारमा वस्तुको मूल्य घटाउन समेत मद्दत पुर्‍याउने छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार