मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

मेची राजमार्गमा पहिचानवादीले गरे चक्काजाम

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

झापा दुई दिनअघि नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरुको रिहाईका लागि दबाब दिन पहिचानवादीहरुले मेची राजमार्गमा चक्काजाम गरेका छन् ।

पहिचानवादीहरुले झापाको चारआलीमा इलामतर्फ जाने सवारीसाधनमा अवरोध गरेका हुन् । केही पहिचानवादीहरुले इलामतर्फ जान लागेका सवारीसाधनलाई अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

आफूहरुले लोकल गाडीहरुलाई चल्न दिएको तर इलाम, ताप्लेजुङतर्फ जाने सवारीसाधनका चालकलाई नजान संझाइ बुझाई गरेको प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । पहाडी क्षेत्रमा पनि पहिचानवादीहरुले आज यातायात अवरुद्ध पारेको जनाइएको छ ।बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । पहिचान पक्षधरहरूले ठाउँ–ठाउँमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन् ।

आइतवार ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए ।

सात–आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेका थिए । त्यसक्रममा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवा पक्राउ परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार