मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

सिटौलालाई राष्ट्रिय सभामा उम्मेद्वार बनाउन झापा काँग्रेसको सिफारिस

देश प्रदेश डेस्क 5473+ समाचार ( )
७ पौष २०८०, शनिबार

झापा नेपाली कांग्रेस झापाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ / नगर सभापतिहरुको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकमा सभापति थेवेले सिटौलाको नाम प्रस्ताव गरेका थिए  भने नेता राम कट्टेलले समर्थन मन्तब्य राखेका थिए । नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक भएर १० बर्षे माओवादी सशस्त्र विद्रोहलाई शान्ति वार्तामार्फत समाधानमा उल्लेखनीय योगदान पुरयाएका सिटौलाले संविधान मस्यौदा समितिको सभापति भएर नेपालको संविधान–२०७२ निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए ।

पार्टीको नीति, विचार, कार्यक्रम रणनीति निर्माण गर्न अन्य पार्टी निकायहरुसँग समन्वयात्मक भूमिका निर्वाह गरी पार्टीलाई प्रभावकारी ढंगमा स्थापित गराउन समेत  भूमिका खेलेका सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलन २०४६ र २०६२–०६३ मा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए  ।यसैगरी बैठकले पार्टी केन्द्रीय समितिको मंसिर २९ गतेको बैठकले तय गरेअनुरुप पुस १६ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन हुने ‘समुदायमा कांग्रेस’ अभियानलाई सफल बनाउन यसअघि वडा तहमा खटाइएका प्रतिनिधिहरुलाई सम्बन्धित वडामै अभियान सञ्चालनका लागि क्रियाशिल गराउने निर्णय गरेको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार