मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

देश प्रदेश डेस्क 5475+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

                                                                                                                         साङ्केतिक तस्वीर

होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ ।

यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा पनि फरक नपरोस् ।

होली खेल्नुअघि

मोइस्चराइजर : छाला देखिने भागमा अनुहार, हात र गर्दनमा पर्याप्त मात्रामा मोइस्चराइजर लगाउन सकिन्छ । यसले एक अवरोध पैदा गर्छ र अनुहारको छालामा दाग बस्न दिंदैन ।

यस्तोमा अल्कोहल भएका मोइस्चराइजर लगाउनु हुँदैन । जहिले पनि भिटामिन ई र सी भएको मोइसचराइजर लगाउनुपर्छ ।

तेलको प्रयोग : लगाउनु छालासँगै कपालको पनि सुरक्षा गर्नुपर्छ । कपालमा रंग बस्न नदिन तेल लगाउनुपर्छ । तेल लगाएको कपालमा नुहाएपछि रंग पनि सबै जान्छ ।

सनस्क्रि : होलीको समयमा घरबाहिर उत्सव वा समारोहमा बस्दा घामबाट बच्न एसपीएफ बढी भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । घाममा जानु १५  मिनेटअघिबाट अगाडि सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

सनस्क्रिनको प्रयोग गर्दा अनुहार र घाँटीमा एक चिया चम्चा अर्थात् तीनदेखि पाँच ग्राम सनस्क्रिन लगाएर घाममा जानु उपयुक्त हुन्छ ।

कपडा : यो समयमा कपडा लगाउँदा आरामदायक र सहज खालको लगाउनुपर्छ । घामले हात डढ्न सक्ने हुँदा छोपिने लुगा लगाउनुपर्छ ।

खाको सुरक्षा : आँखामा रंग पर्न नदिन कालो र मोटो चश्मा लगाउन सकिन्छ । रंग खेल्दा कन्ट्याक लेन्स भने लगाउन हुँदैन ।

नङ : होलीमा रंग एकअर्कामा लगाउँदा नङले लागेर छालामा गाडिन सक्छ । त्यसकारण सकिन्छ भने नङ काट्दा उपयुक्त हुन्छ ।अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार