मुख्य समाचार
वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का | सरकारी गाडी चढेर क्यासिनो पुगे अध्यक्ष, इन्स्पेक्टरसहित ८ जना पक्राउ | युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक |

बिहानै मकवानपुरमा सवारी दुर्घटना दुई जनाको मृत्यु

देश प्रदेश डेस्क 5432+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार