मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |
मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |


प्रतिबन्धित भारतीय माछा नेपाली बजारमा: ३ सय मत्स्यपालक कृषकहरू सङ्कटमा

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

झापा / नेपाल र भारतमा उत्पादन र बिक्रीमा नै प्रतिबन्धित माछा प्रहरीको सेटिङमा भारतबाट नेपाल भित्रिने गरेको नेपाल माछापालन किसान सङ्घले जनाएको छ । 

दुवै देशका सरकारले बिक्री वितरणमा प्रतिबन्ध लगाएको अफ्रिकन मागुर प्रजातिलगायतका माछा सीमामा बस्ने सुरक्षा निकायकै मिलेमतोमा बजार भित्रिने गरेको व्यवसायीहरूले आरोप लगाएका छन् । 

नेपाल मत्स्यपालन किसान सङ्घले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरेका हुन् । सीमा क्षेत्रमा कुनै चेकजाँच विनै भारतीय माछा छाडिने गरिएको भिडियो उनीहरूले पत्रकार सम्मेलनमा सार्वजनिकसमेत गरे । 

व्यवसायीहरूले विराटनगरको जोगवनी, सुनसरीको भण्टाबारी, झापाको भद्रपुर नाकाबाट मोटरसाइकलमा लोड गरी अवैध ढङ्गबाट नेपाली बजारमा ल्याउँदै गरेको भिडियो पत्रकारहरूलाई देखाएका थिए । 

सोही भिडियो सम्बन्धित जिल्लाका प्रशासन कार्यालय र सुरक्षा प्रमुखहरूलाई बुझाए पनि अहिलेसम्म तस्करी नियन्त्रणमा कुनै पहल नगरेको उनीहरूको भनाइ छ । व्यवसायीहरूले सीमामा हुने तस्करी रोक्न पटक–पटक सुनसरी, मोरङ, झापा र उदयपुरस्थित प्रशासन कार्यालय समक्ष ज्ञापन–पत्र बुझाए पनि बेवास्ता गरेको नेपाल मत्स्यपालन किसान सङ्घका उपाध्यक्ष राम पौडेलले बताए । उपाध्यक्ष पौडेलका अनुसार सम्बन्धित जिल्लाका प्रजिअहरूलाई सीमा क्षेत्रबाट सुरक्षा निकायको मिलेमतोमा हुने गरेको चोरी पैठारीबारेको भिडियोसमेत देखाइएको तर अवैध माछा नियन्त्रण गर्नेतर्फ मौन बसेको उनले बताए ।

सीमा नाकाबाट भित्रिने अवैध माछाका कारण नेपाली कृषकहरूले उत्पादन गरेको माछाले बजार पाउन छाडेको जसका कारण व्यवसायमा आबद्ध तीन सय कृषकहरूको अर्बौंको लगानी सङ्कटमा परेको पत्रकार सम्मेलनमा सङ्घका सचिव तथा ८ वर्षदेखि माछा पालन गर्दै आएका कृषक पुष्प अधिकारीले बताए ।  

सुनसरी, मोरङ, झापा र उदयपुरमा व्यावसायिक माछापालन गर्ने ३ सय कृषकहरूको करोडौं लगानी माछा व्यवसायमा रहेको उल्लेख गर्दै अहिले सो लगानी जोखिममा परेको सचिव अधिकारीले बताए । अहिले सरदर कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दैनिक २० टन माछा बिक्रीका लागि तयार भए पनि ७ देखि ८ टन मात्रै बिक्री भइरहेको बाँकी भारतीय माछाले बजार लिएको अधिकारी बताउँछन् । 

माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको प्रमाणित भए पनि अफ्रिकन मागुर प्रजातिका माछा नेपाल र भारतका सहरहरूमा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । तर सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरूले विना रोकटोक सोझै छिराइदिने गरेका कारण त्यस्ता प्रतिबन्धित माछा सुनसरीको इटहरी, तरहरा, धरान, दुहबी, मोरङको उर्लाबारी, विराटनगर र झापाका विभिन्न हाट बजारहरूमा खुलेआम बिक्री वितरण हुँदै आएको सङ्घका सचिव अधिकारीले बताए । जसका कारण नेपाली कृषकले उत्पादन गरेका माछाका लागि अहिले बजार नपाई सङ्कटमा परेको उनले बताए । 

कोशी प्रदेशका विभिन्न जिल्लाका सहरहरूमा भारतीय बजारबाट दैनिक १० टन माछा चोरबाटो हुँदै छिर्ने गरेको अनुगमनबाट फेला परेको पत्रकार सम्मेलनमा बताइएको छ । ती माछाका कारण नेपाली कृषकहरूले उत्पादन गर्दै आएको विभिन्न प्रजातिका माछाले बजार पाउन छाडेको र व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भइरहेको उनीहरूको भनाइ छ । यदि यो अवस्था आए सबै मत्स्यपालन कृषकहरू सरकारविरुद्ध सडकमा उत्रने चेतावनीसमेत उनीहरूले दिए । सरदर कोशी प्रदेशका मत्स्यपालन कृषकहरूले पङ्गास, रहु, नैनी, कमनकार्पलगायत प्रजातिका माछाहरू उत्पादन गर्दै आएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

विशेषगरी पछिल्लो पाँच वर्षयता सुनसरी, मोरङ र झापामा पङ्गास प्रजातिका माछाहरू उत्पादन हुँदै आएको कृषक तथा माछा व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष देवराज महतले बताए ।  

यता मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सीमाक्षेत्रबाट आफू आएपछि कुनै प्रकारको माछा नेपाली बजार छिर्न नदिएको दाबी गरे । कृषकहरूको गुनासोलाई मध्यनजर गर्दै बिलविजक विना भारतबाट आएका माछा तत्काल नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको मोरङका प्रजिअ यादवले बताए ।

त्यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रहरीको आँखा छलेर यदाकता मात्रै अवैधरूपमा माछा छिर्ने गरेको स्वीकारे । अहिले सीमाक्षेत्रमा विशेष गरी लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रशासनले काम गरिरहेको उल्लेख गर्दै जिल्ला अधिकारी मिश्रले बिलविजक विनाका अवैध माछा तत्काल नियन्त्रणमा लिँदै नष्ट गर्ने गरेको दाबी गरे ।

यस विषयमा कोशी प्रदेश प्रहरी प्रमुख  डिआइजी ईश्वर कार्कीले प्रहरीमाथि लगाएको आरोप गलत भएको बताए । “त्यस्तो केही छैन । यो उहाँहरूको पुरानो आरोप हो”–डिआइजी कार्कीले भने ।

याे समचार ब्लाष्ट दैनिकमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार