मुख्य समाचार
रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित | रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल | भुकम्प अपडेटः अहिलेसम्म ३२ काे मृत्यु, ७०० घाइतेकाे पुष्टि | बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु |

दुई दिनभित्र एसईईको नतिजा सार्वजनिक

भेषराज नेपाल 63+ समाचार ( )
२८ वैशाख २०८३, सोमबार

झापा / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क इन्ट्री तथा प्राविधिक परीक्षणको अन्तिम चरणको काम लगभग सम्पन्न भइसकेको छ।

‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘त्रुटि नहुनेगरी नतिजा सार्वजनिक गर्छौं ।’ यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ,’ नियन्त्रक अधिकारीले भने । आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी छ । बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।

विद्यार्थीलाई मनोवैज्ञानिक तनाव नदिन एक महिनामा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले बताउँदै आएका छन् । सरकारले एसईईपछिको ब्रिज कोर्सका कार्यक्रम सञ्चालनमा पनि रोक लगाएको छ । 

नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा विभिन्न अनलाइन माध्यमबाट आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था मिलाइने बताइएको छ।

यसअघि बोर्डले नतिजा प्रकाशनअघि त्रुटि न्यूनिकरणका लागि अन्तिम ‘क्रस चेक’ कार्य भइरहेको जनाएको थियो। नतिजा सार्वजनिक गर्ने मिति तय गर्न बोर्डको बैठक समेत बस्ने तयारी गरिएको छ।

एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसवर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार