मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

झापामा काठको तस्करी भयावह

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

                                                                                                                         फायल तस्वीर

झापा झापा र इलामका वनजङ्गलमा काठको अवैध तस्करी बढेको तथ्याङ्कले पुष्टि गरेको छ । चालु आर्थिक वर्षको दश महिनामा दुई जिल्लाका विभिन्न स्थानबाट छ सय ९१ क्युविक फिट काठ बरामद भएको तथ्याङ्कले देखाएको छ ।

काठ तस्करीमा प्रहरीको सक्रियता केही बढेपछि धमाधम काठ कारोबारी फेला पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को दश महिनामा जिल्लाका अलग–अलग स्थानबाट ६ सय ९१ क्युविक फिट काठ बरामद भएको छ । यसबापत ४० लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व जम्मा भएको कार्यालयले जनाएको छ । त्यसमा प्रयोग भएका ८ वटा सवारी साधन र त्यसमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको जिल्लाका प्रहरी प्रवक्ता एवम् डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

आर्थिक वर्ष ०७८/७९ मा १२ सय ६८ क्युविक फिट काठ बरामद गरेको छ भने १३ वटा सवारी साधनसहित १२ जनालाई पक्राउ गरेको छ । त्यसबापत ४० लाख ५७ हजार पाँच सय ३६ रुपैयाँ राजस्व उठाएको छ । त्यसैगरी आर्थिक वर्ष ०७९/८० मा २४ सय ७२ क्युविक फिट काठ, १७ मानिस र २९ वटा सवारी साधन नियन्त्रणमा लिएको उल्लेख छ । प्रहरीले सो वर्ष ९७ लाख ९४ हजार ८ सय १० रुपैयाँ राजस्व उठाएको उल्लेख छ ।

प्रहरीले बरामद काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापामा पठाएको छ । जिल्लामा बेला–बेलामा तस्करी र अवैध ओसार–पसारका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । इलाम र झापा खुल्ला सिमाना भएको क्षेत्र भएकोले काठ तस्करी हुँदै आएको जनाएको छ ।

राति र बिहानको समयमा काठ तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी टोली खटाएर काठ पक्राउ गरिएको कार्यालयको भनाइ छ । इलामका वनजङ्गलबाट अवैधरूपमा काटिने रुख चिरान गरेर वा गोलिया आकारमै काठ झापातिर तस्करी हुने गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

झापासँग सिमाना जोडिएको इलामका सीमावर्ती वनक्षेत्रबाट तस्करी गरी ल्याइएको अवैध काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीले बरामद गर्ने गरेका छन् । अवैध काठ चोरी मुद्दामा वन ऐन २०४९ अनुसार कानूनी कारबाही गरिँदै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार