मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |
मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |


तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास!

भेषराज नेपाल 84+ समाचार ( )
२९ आषाढ २०८३, सोमबार

झापा / झापाको सीमावर्ती क्षेत्र भद्रपुरलाई केन्द्र बनाएर फस्टाउँदै गएको तस्करीको ठूलो नेटवर्कमाथि प्रहरीले दरिलो प्रहार गरेको छ।

तस्कर समूहले 'सेटिङ' मिलाएर भारततर्फ निर्यात गर्न तयारी अवस्थामा राखेको झण्डै ९० लाख मूल्य बराबरको चिनियाँ (चाइनिज) फर्सीको बियाँसहितको गोदाममा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काको कमाण्डमा खटिएको विशेष टोलीले भद्रपुर-३, ज्ञानेचोकस्थित भीमलाल सुवेदीको घरमा छापा मारेको थियो। अवैध रूपमा ठूलो परिमाणमा सामान भण्डारण गरिएको सूचना पाएपछि प्रहरीले आइतबार दिउँसोदेखि नै उक्त क्षेत्रलाई घेरा हालेर सिल गरेको थियो। कानुनी प्रक्रिया पूरा गरी सटरको ताला फुटाउँदा दुईवटा गोदाम चिनियाँ फर्सीको बियाँले भरिभराउ भेटिएका थिए।

प्रहरी टोली, भन्सार कर्मचारी र आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रतिनिधिहरूको संयुक्त उपस्थितिमा मध्यरातको १ बजेसम्म खटेर बरामद सामान भन्सार दाखिला गरिएको प्रहरीले जानकरी दिएको छ। गोदामबाट ४० केजीका दरले प्याक गरिएका कुल ९४८ बोरा (३७,९२० केजी) फर्सीको बियाँ बरामद भएको हो। भन्सार मूल्याङ्कन अनुसार प्रति केजी २३७ रुपैयाँका दरले यसको कुल मूल्य ८९ लाख ८७ हजार ४० रुपैयाँ कायम गरिएको छ। नेपाली बजारमा भने यसको वास्तविक मूल्य बाेक्रा बाहेक प्रति केजी ९०० देखि २५०० रुपैयाँसम्म पर्ने र यसको कुल अवैध बजार मूल्य करोडौँ हुने जानकारहरू बताउँछन्।

झापाको भद्रपुरमा मात्र नभई पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा 'चिनियाँ फर्सीको बियाँ' तस्करीको नयाँ र आकर्षक वस्तु बनेको तथ्य विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन्। केही समयअघि मात्रै रौतहटको बंकुल नाकाबाट ९० लाख मूल्य बराबरको १२,८८० किलो फर्सीको बिउ प्रहरीले नियन्त्रणमा लिएको थियो भने सर्लाहीको मलंगवास्थित एक सप्लायर्सबाट ७५ बोरा चिनियाँ फर्सीको बियाँ सिरहाको बरियारपट्टीबाट साढे १९ लाख बराबरको फर्सीको बिउ संयुक्त सुरक्षा टोलीले बरामद गरिसकेको छ। चीनबाट अवैध वा वैध रूपमा नेपाल भित्र्याइने यस्तो बियाँलाई तस्करहरूले सीमावर्ती जिल्लाहरू झापा, सिरहा, सर्लाही, रौतहट र बाराका विभिन्न नाकाहरू प्रयोग गरी 'लाइन क्लियर' गरेर भारततर्फ कटाउने गरेको सञ्चार माध्यमका रिपोर्टहरूले पुष्टि गर्छन्। यसले यो धन्दा झापामा मात्र सीमित नभई नेपाल अधिराज्यभरि नै एउटा ठूलो नेटवर्कका रूपमा फैलिएको स्पष्ट पार्छ।

घरबेटी र स्थानीयको बयान बाझियो: सेटिङको गन्ध
भद्रपुरको यस घटनामा घरधनी सुवेदीका अनुसार एक महिनाअघि मात्रै मासिक प्रतिसटर ५ हजार रुपैयाँका दरले दुईवटा सटर भाडामा दिने सम्झौता भएको थियो। हालसम्म तीन पटक गरी पहिलो पटक ३ देखि ४ सय बोरा र पछि दुई पटक ५–५ सय बोरा सामान त्यहाँ भित्र्याइएको उनले जानकारी दिएका छन्।

तर, स्थानीय बासिन्दाको दाबी भने घरधनीको भनाइसँग बाझिएको छ। नाम नबताउने सर्तमा एक स्थानीयले यो अवैध धन्दा त्यहाँ एक महिना अघिदेखि नभई निकै लामो समयदेखि 'सेटिङ'मा चलिरहेको खुलासा गरेका छन्। सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूको आँखा छलेर वा सेटिङ मिलाएर लामो समयदेखि सीमा क्षेत्रबाट यति ठूलो परिमाणमा भइरहेको तस्करीले भद्रपुर सीमा नाकाको सुरक्षा व्यवस्था र स्थानीय प्रशासनमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान र मुख्य तस्करहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

Ritesh Thulung Rai ३० आषाढ २०८३, मङ्गलबार

Taskari ko ta saman jabat vayo tara sarkar yesma mileko hamro nepal sarkarko poni prasasan ko poni chito vnda chito chhanbin hunparyo.tetikai taskarlae matrei misayera vayena..yedi yo abaidhanei ho vaney prasasanko naam khulasha garnu poryo kinani moh yehi ko basinda vayeko natale...sayad yesma samlagna vayeko prasasanlae poni khojininda garnu dherei samaye lagdaina tei vayera sarkar....chhanbin garda kripaya duipakchhya batai hosss...kinaki hami ni aatur chhau yo dhanda ma bebasayi ta poryo poryo tara prasasanlae umkinu kunei hak chaina...tesaile yo kura hekka rahoshh

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार