मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

दूध बिक्री नभएपछि किसान चिन्तित

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिनुभयाे । फार्ममा दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको भए पनि प्रत्येक दिन आधाजसो दूध  गाईलाई खुवाउनुपर्ने अवस्था रहेको उहाँले दुखेसो पोख्नुभयाे । ‘‘सदरमुकामसहित जिल्लाभित्रका मुख्य बजारमा बाहिर जिल्लाबाट दूध आयात हुन्छ, सञ्चालक बस्नेतले भन्नुभयाे, ‘‘तर हामी स्थानीय किसानले उत्पादन गरेको दूध बिक्री नभएपछि दूध गाईलाई खुवाउनु परेको छ ।

’’ उहाँले उत्पादन भएकोमध्ये करिब दुई सय लिटर दूध भने गोरखा बजार क्षेत्रमा घरघरमा पुर्याएर दैनिक बिक्री गर्ने गरेको जानकारी दिनुभयाे । किसान बस्नेतले भन्नुभयाे, ‘‘बाँकी आधा भन्दाबढी दूध बिक्री नभएपछि कित गाईलाई खुवाउनुपर्छ छ कि फ्याक्नुपर्ने अवस्था छ ।’’उत्पादित दूधले बजारमा पाए मासिक साढे दुई लाखभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयाे । ‘‘दैनिक चारसय लिटर दूध राम्रोसँग बिक्री भए दैनिक रु २६ हजारको कारोबार हुन्छ, बस्नेतले भन्नुभयाे, ‘‘त्यसबाट खर्च कटाएर मासिक रूपमा राम्रो आम्दानी हुने थियो ।’’ बिक्री नभएको दूध राख्न ठूला चिस्यान केन्द्र नहुँदा बिक्री नहुने वित्तिकै खेर फाल्नुपर्ने अवस्था रहेको छ । फर्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । अहिले दुहुना बाहेक पनि ५४ वटा कोरली गाईन ब्याउने रहेको बस्नेतले बताउनुभयाे । ‘‘सबै गाई ब्याएसँगै अब दैनिक करिब एकहजार दूध उत्पादन हुन्छ, उहाँले भन्नुभयाे, ‘‘तर कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको छ ।’

’ गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले स्थानीय उत्पादनको बजारीकरणका लागि नगरपालिका आवश्यक पहल गरिरहेको बताउनुभयाे । ‘‘नगरपालिकाले प्राविधिक र आर्थिक हिसाबले आफै कोल्डचेन सञ्चालन गर्ने अवस्था छैन, उहाँले भन्नुभयाे, ‘‘स्थानीय बजारमा खपत गराउनका लागि व्यवस्थित डेरी उद्योग सञ्चालन गर्न सकिन्छ कि भनेर परामर्स गरिरहेका छौँ ।’’ उहाँले स्थानीय उत्पादनमा जोड दिन नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याउन लागेको समेत बताउनुभयाे । ‘‘स्थानीय किसानले उत्पादन गरेको दूध खेर जाने र उपभोक्ताले बाहिरबाट आयात गरेर ल्याएको दूध उपभोग गर्नुपर्ने अवस्था राम्रो होइन, उहाँले भन्नुभयाे, ‘‘यसमा व्यवस्थापन मुख्य समस्याको यसको समाधानका लागि नगरपालिकाले योजना बनाएर अघि बढ्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार