मुख्य समाचार
संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा |

कैदीबन्दीको अत्यधिक चापले झापा कारागार व्यवस्थापन संकटमा

देश प्रदेश डेस्क 5352+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

भद्रपुरस्थित जिल्ला झापा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा दैनिक व्यवस्थापनका साथै वातावरणीय चुनौती थपिएको छ। कारागार कार्यालयले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको विवरण अनुसार भद्रपुर कारागारमा कुल कैदीबन्दीको सङ्ख्या १ हजार ५ सय ८५ पुगेको छ।

​असार मसान्तसम्मको तथ्याङ्क अनुसार कारागारमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका कैदीको सङ्ख्या ९९९ छ भने मुद्दाको पुर्पक्षका क्रममा रहेका थुनुवाको सङ्ख्या ५८६ रहेको छ।

​लिङ्गका आधारमा हेर्दा कारागारमा पुरुष कैदीबन्दीको ठूलो बाहुल्यता देखिन्छ। कुल १५८५ जनामध्ये १५०७ जना पुरुष र ७८ जना महिला रहेका छन्। जसमध्ये कैदीतर्फ ९४४ जना पुरुष र ५५ जना महिला छन् भने थुनुवातर्फ ५६३ जना पुरुष र २३ जना महिला रहेका छन्।

​उमेर समूहका आधारमा ६५ वर्षभन्दा माथिका १९ जना ज्येष्ठ नागरिक कारागारमा सजाय काटिरहेका वा पुर्पक्षमा रहेका छन्, जसमा १८ जना कैदी र १ जना थुनुवा छन्। यस्तै, कारागारमा रहेका महिला बन्दीहरूसँग रहने आश्रित बालबालिकाको सङ्ख्या भने असार मसान्तसम्म शून्य रहेको तथ्याङ्कले देखाएको छ।

​भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले झापा कारागारमा विदेशी नागरिकको सङ्ख्या पनि उल्लेखनीय छ। विवरण अनुसार कारागारमा १४७ जना विदेशी नागरिक रहेका छन्, जसमा सबैभन्दा बढी भारतका ११८ जना र भुटानका २९ जना रहेका छन्। समीक्षा अवधिमा कारागारबाट कोही पनि स्वदेशी वा विदेशी कैदीबन्दी नभागेको विवरणमा उल्लेख छ।

​झापा कारागारका प्रशासक रेवन्त भट्टराईका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले दैनिक व्यवस्थापनमा चुनौती थपिएको छ। कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रशासक भट्टराईले सबै कुरालाई मिलाएर र सुधार गरेर लैजाने प्रयास भइरहेको बताए।

​भौतिक संरचना सानो भएको र क्षमताभन्दा चौगुणा बढी कैदीबन्दी राखिएका कारण कारागारबाट निस्कने फोहोर मैला व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। कारागार परिसरबाट निस्कने ढल र फोहोरका कारण आसपासको क्षेत्रमा व्यापक दुर्गन्ध फैलिन थालेपछि स्थानीय तहबाटै कारागारलाई शहरभन्दा बाहिर अन्यत्र लैजानुपर्ने आवाज जोडतोडका साथ उठिरहेको छ।

​स्थानीयको विरोध र क्षमता अभावको दीर्घकालीन समाधानका लागि कारागार प्रशासनले नयाँ भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ। प्रशिक्षण केन्द्रमा रहेको १० बिघा जमिनमा नयाँ र आधुनिक कारागार बनाउने तयारी भइरहेको सूचना अधिकारी तेजिन्द्र न्यौपानेले जानकारी दिए।

​सूचना अधिकारी न्यौपानेका अनुसार सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नयाँ भवनका लागि पहिलो चरणमा १ करोड ७५ लाख रुपैयाँ विनियोजित भइसकेको छ। उक्त जमिनमा चाँडै नै विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी भवन निर्माणको कार्य सुरु गरिने उनले बताए।

​कारागार प्रशासनले नयाँ भवन निर्माणका लागि नेपाल सरकारसँग निरन्तर आवश्यक पहलकदमी गरिरहेको छ। हाललाई १ करोड ७५ लाख रुपैयाँ मात्र निकासा भएको भए पनि अब बन्ने कारागारलाई पूर्ण रूपमा सुविधा सम्पन्न र मापदण्ड अनुसारको बनाउन करिब १५ देखि १६ करोड रुपैयाँ खर्च हुने अनुमान जेल प्रशासनले गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार