झापाको ५ वटै क्षेत्रमा श्रम संस्कृति पार्टीको उम्मेदवार घोषणा

देश प्रदेश डेस्क 5096+ समाचार ( )
१ माघ २०८२, बुधवार

झापा / हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवार घोषणा गरेको छ । हिजो सुनसरीको धरानमा पार्टी अध्यक्ष साम्पाङको उपस्थितिमा झापाका पाँचजना उम्मेदवार घोषणा गरिएको हो ।

झापा क्षेत्र नम्बर १ बाट केबलराम राई , २ बाट केशव भण्डारी ,३ बाट दीपक तिम्सिना, ४ बाट अमृता राई र ५ बाट शिवन सोरानी मगरलाई प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरिएको हो । सबै उम्मेदवार हिजो पार्टी अध्यक्ष साम्पाङलाई भेट्न धरान पुगेका थिए ।

धरानका मेयरसमेत रहेका साम्पाङले निर्वाचन आयोगमा पार्टी दर्ता गराएपछि देशव्यापी चुनावी अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार