मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

चोरीको तारसहित दुई भारतीय पक्राउ

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

झापा चोरीको तारसहित कवाडीको सामान भेला गर्दै हिड्ने दुई भारतीय  पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत जिल्ला दार्जिलिङ पानीट्याङकी बस्ने २७ वर्षीय तापच बर्मन र सोही ठाउँ बस्ने २२ वर्षीय अमित सरकार रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

बुधवार बिहान मेचीनगर नगरपालिका –७ को ५ नम्बर पोष्टस्थित चिया बगानमा प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अमित सरकारसंग अन्दाजी सय केजीको ४ मुठा तामाको तार फेला परेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जनाए ।

प्रारम्भिक सोधपुछ गर्दा उक्त तार मेचीनगर नगरपालिका वडा नं. १३ चारआली आसपास क्षेत्रबाट चोरी गरेको खुलेको थियो । नेपाल टेलिकम धुलाबारी शाखाले बिजुलीको पोलमा जडान गरेको कपर नेटवर्कको तार चोरी भएको इलाका प्रहरी कार्यालय धुलावारीमा निवेदन दिएको थियो ।

अन्दाजी ८० हजार मूल्य बराबरको तारसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ । उनीहरुमाथि ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जनाए ।

एक महिनाअघि पनि टेलिफोनको तारसहित चारजना भारतीय मेचीनगर नगरपालिका –७ इटाभट्टामा पक्राउ परेका थिए । उनीहरुले मोरङ बेलबारी बजार आसपासमा निर्माणाधिन अवस्थामा रहेको सडक तथा पुलमुनि गाडेको ठाउँबाट तार चोरी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै