मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गरी मनाउँदै

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१६ कार्तिक २०८२, शनिबार

झापा कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन्। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ।

एकादशीका दिन उपवास बसी नारायणको आराधना गरी  र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ।आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ।

विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएको उल्लेख छ।

पञ्चांगहरूमा शनिबार ५१ घडी ४१ पला अर्थात् राति २ बजेर ५६ मिनेटसम्म एकादशी रहेको उल्लेख छ।कार्तिक शुक्ल एकादशीकै दिन भीष्म पञ्चक आरम्भ हुन्छ। एकादशीदेखि पूर्णिमासम्म भगवान् विष्णुको विशेष आराधना गर्ने परम्परा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार