मुख्य समाचार
भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग |

भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग

देश प्रदेश डेस्क 5442+ समाचार ( )
२६ भाद्र २०८३, शुक्रबार

नेपाल–भारत सीमावर्ती आवागमनलाई सहज बनाउन भद्रपुर सीमा नाका राति ९ बजेसम्म सञ्चालन गर्नुपर्ने माग स्थानीय उद्योगी तथा व्यापारीहरूले उठाएका छन्।

सीमा नाका साँझ चाँडै बन्द हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा, उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको भन्दै नेपाल–भारत मैत्री संघ झापा र झापा उद्योग संघले सो माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई शुक्रबार ज्ञापनपत्र बुझाएका हुन्।

मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मी र झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्तासहितको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भद्रपुर नाकाको आवागमन सहज बनाउन आवश्यक व्यवस्था मिलाउन माग राखेका छन् ।
भद्रपुर नाका साँझ ८ बजे  बन्द हुँदा भारतका विभिन्न बजारबाट फर्किने नेपाली यात्रु तथा व्यवसायीलाई समस्या हुने गरेको भन्दै एक घण्टा समय बढाउन उनीहरूले माग गरेका छन्। जिल्लाकै काँकडभिट्टा नाका राति १०ः१५ बजेसम्म सञ्चालन हुने अवस्थामा भद्रपुर नाका भने साँझ ८ बजे नै बन्द हुँदा सीमावासी समस्या परेको व्यवसायीहरूको ठहर छ ।
भद्रपुर नाका झापाको दक्षिणी सीमामा रहेको महत्त्वपूर्ण नाका हो।

भद्रपुरको गलगलिया नाकाबाट नेपाल–भारतबीच दैनिक रूपमा सर्वसाधारण, व्यवसायी तथा पर्यटकको आवागमन हुने गरेको छ। भारतको पश्चिम बङ्गाल र विहार राज्य जोडिएको भद्रपुर व्यापारिक नाकाको रुपमा परिचित हुन थालिसकेको छ ।
साथै भारतीय सवारीसाधनलाई भद्रपुर बजारसम्म मात्र नभई आवश्यकताअनुसार भद्रपुर विमानस्थलसम्म आउन सक्ने व्यवस्था मिलाउन समेत उनीहरूले प्रमुख जिल्ला अधिकारी पोखरेलसमक्ष माग राखेका छन् ।

साथै भद्रपुर नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई भद्रपुर भ्रमणका लागि सहज वातावरण बनाउनुपर्ने, लागू औषध ओसारपसार नियन्त्रणका नाममा सीमावर्ती क्षेत्रमा सर्वसाधारणको आवागमनमा अनावश्यक असहजता सिर्जना हुन नदिन सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायबीच समन्वय र सहजीकरण गर्नुपर्ने माग समेत ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै