मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुर नगरपालिकाको वेबसाइटमा पुरानै पदाधिकारी, सूचना व्यवस्थापनमा लापरबाही

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१८ श्रावण २०८३, सोमबार

भद्रपुर । भद्रपुर नगरपालिकाले आफ्नो आधिकारिक अभिलेख तथा सूचना प्रणाली समयानुकूल अद्यावधिक गर्न नसकेको पाइएको छ। नगरपालिकाको वेबसाइटमा सार्वजनिक गरिएको टोल विकास संस्थाहरूको विवरणमा अहिले पनि २०७९ सालकै पदाधिकारीहरूको नाम समावेश रहेको भेटिएको छ, जबकि त्यसयता नयाँ निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ।

नगरपालिकाको वेबसाइटमा रहेको टोल विकास संस्थाहरूको सूचीमा अध्यक्षहरूको नाम, पुनर्गठन मिति र अन्य विवरणहरू २०७९ सालको अवस्थाअनुसार नै राखिएको देखिन्छ। तर विभिन्न टोल विकास संस्थाहरूमा त्यसपछि नयाँ नेतृत्व चयन भइसकेको स्थानीयवासी बताउँछन्।

स्थानीय सरकार सञ्चालन ऐन र सुशासनसम्बन्धी व्यवस्थाअनुसार सार्वजनिक निकायले आफ्नो आधिकारिक सूचना तथा अभिलेख नियमित रूपमा अद्यावधिक राख्नुपर्ने व्यवस्था छ। तर भद्रपुर नगरपालिकाको वेबसाइटमा पुरानै विवरण रहनुले डिजिटल अभिलेख व्यवस्थापन कमजोर रहेको संकेत गरेको छ।

स्थानीय तहहरूले पछिल्ला वर्षहरूमा डिजिटल सुशासन, अनलाइन सेवा र पारदर्शितालाई प्राथमिकता दिएको दाबी गर्दै आएका छन्। तर नागरिकले आधिकारिक वेबसाइटमै पुरानो विवरण भेटेपछि सूचना प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ।

स्थानीयवासीहरूका अनुसार वेबसाइटमा रहेका पदाधिकारीहरूको विवरणका आधारमा नागरिकले सम्बन्धित टोल विकास संस्थासँग सम्पर्क गर्न खोज्दा समस्या उत्पन्न हुन सक्छ। साथै सरकारी अभिलेख र वास्तविक अवस्थाबीच फरक हुँदा पारदर्शितामाथि पनि असर पर्न सक्छ।

यस विषयमा नगरपालिकाले वेबसाइट अद्यावधिक किन नगरेको हो र पछिल्लो पटक टोल विकास संस्थाको विवरण कहिले अद्यावधिक गरिएको थियो भन्ने विषयमा स्पष्ट जवाफ दिन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार