मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

मुख्यमन्त्री थापाविरुद्ध एमाले फेरि सर्वोच्च जाँदै

देश प्रदेश डेस्क 5473+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा कोशीका मुख्यमन्त्री उद्धव थापाले संविधान र कानुनविपरीत सभाध्यक्षको मतले प्रदेशसभामा सोमबार विश्वासको मत लिएको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले आज (बुधबार)सर्वोच्च अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा दर्ता गराउने बताए । ‘हाम्रो कानुनी लडाइँ र संसदभित्रको प्रतिवाद जारी रहन्छ र सर्वसाधारणबीचमा पनि गठबन्धन दलले संविधान र कानुनविपरीत गरेका कार्य स्थापित गराउने अभियान जारी रहन्छ,’ उनले भने, ‘सदनभित्रको लडाइँ विश्वासको मतमा सभाध्यक्षले मतदान गरेको समयबाट नै सुरु भइसकेकाले त्यो नसच्चिएसम्म निरन्तर रहन्छ ।’

तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्याएर असार २१ गते कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा एमाले नेता हिक्मतकुमार कार्कीले असार २२ मा दायर रिटमाथि सर्वोच्चको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीको नियुक्ति रद्द गरेको थियो । आदेशमा सभामुख वा सभाध्यक्षको भूमिका रेफ्री वा अम्पायर प्रकृतिको भएको व्याख्या गरिएको छ ।

सर्वोच्चले एक पटक व्याख्या गरिसकेर नजिर बसिसकेकाले मुख्यमन्त्री थापाको विश्वासको मत असंवैधानिक हुने एमालेको भनाइ छ । सभामुख वा सभाध्यक्षलाई निष्पक्ष र तटस्थ राख्ने अभिप्रायले नै संविधानको धारा १८६ मा अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिने व्यवस्था गरिएको पूर्ण इजलासले समेत व्याख्या गरिसकेकाले मुख्यमन्त्री थापा नेतृत्वको सरकार खारेज हुनेमा एमाले विश्वस्त देखिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै