मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन

भेषराज नेपाल 149+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

झापा / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कोशी प्रदेशले आज बिदाको दिन पारेर झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पूर्वसूचना विना आकस्मिक (छड्के) अनुगमन गरेको छ।

सार्वजनिक बिदाको दिन अस्पतालबाट प्रवाह हुने सेवाको वास्तविक अवस्था र कर्मचारीको उपस्थिति बुझ्न मन्त्रालयको विशेष टोली अस्पताल पुगेको हो।

मन्त्रालयको टोलीले अस्पतालको सेवा प्रवाह, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति, औषधि व्यवस्थापन र भौतिक पूर्वाधारको स्थलगत अवलोकन गरेको छ। अनुगमनका क्रममा स्वास्थ्य मन्त्रीका प्रमुख स्वकीय सचिव विजय तोलांग्गी र निजी सचिव ज्ञानचन्द्र राजवंशीलगायतको टोलीले अस्पतालका विभिन्न वार्ड, ओपीडी (बहिरङ्ग सेवा), आकस्मिक कक्ष (इमर्जेन्सी) तथा प्रयोगशाला (ल्याब) को विस्तृत निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा टोलीले अस्पतालमा उपचाररत बिरामी र तिनका कुरुवाहरूसँग प्रत्यक्ष कुराकानी गरी अस्पतालको सेवा, व्यवहार र औषधिको उपलब्धताका बारेमा प्रतिक्रिया समेत लिएको थियो। अनुगमनका क्रममा अस्पतालले बिरामीका लागि उपलब्ध गराउने नि:शुल्क खानाको अवस्था सन्तोषजनक पाइएको छ। तर, सरकारले स्वास्थ विमा अन्तर्गत उपलब्ध गराएकाे औषधि वितरण प्रणालीमा भने कमजोरी रहेको निजी सचिव राजवंशीले जानकारी दिए । 

पटक पटक अस्पतालबाट सेवा सञ्चालनमा कठिनाइ परेकाे जानकारी गराएपछि वास्तविक बुझ्न आएकाे प्रमुख स्वकिय सचिव ताेलांग्गीले बताए । उनले भने, "हामीले यहाँको यथास्थितिका बारेमा सबै जानकारी लिएका छाै। अब मन्त्रालयले के कस्तो कदम चाल्छ अहिले यही हुन्छ भन्न सकिदैन" ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार