मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

उपत्यकामा रातभर देउसी–भैलो खेल्न दिने निर्णय

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

झापा  काठमाडौँ उपत्यका रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।प्रजिअ बस्नेतका अनुसार भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ । उनले भने,‘काठमाडौँ उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ ।’इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको प्रजिअ बस्नेतले बताए । उनले भने,‘आवश्यक सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।’काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण गर्न आग्रह गरेको छ ।

दीपावली गर्दा आगलागी हुने जोखिम हुनाले सचेतता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यस्तै जुवातास र लङ्गुरबुर्जा खेल्न र खेलाउन कडाइ गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार