मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापाकी एक विवाहित महिला इराकमा बेचिएको घटना बाहिर

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा । रूवैदेशिक रोजगारीका लागि ओमन गएकी झापाकी एक विवाहित महिला इराकमा बेचिएको घटना बाहिर आएको छ । तीन वर्षअघि ओमन गएकी अर्जुनधारा नगरपालिका– ६ स्थित लक्ष्मीपुर घर भएकी ३० वर्षीया कमला मुर्मूलाई ओमनबाट इराक पुर्‍याएर बेचेको उनकी आमा लखी मुर्मूले दाबी गरिन् । पीडित परिवारले मिडियासमक्ष सो घटनाको बारेमा जानकारी गराएको हो । 

सुनसरीको इटहरीस्थित बाँसबारी घर भएका गोविन्द कट्टेल र झापा बिर्तामोड नगरपालिका १ का मदन खरेलले छोरी कमलालाई ओमनमा रोजगारी दिलाउने भन्दै विदेश पुर्‍याएको र इराकमा लगेर बेचेको आमा लखीले बताएकी छिन् ।

'तीन वर्षदेखि वैदेशिक रोजगारीमा गएकी छोरी सम्पर्कमा थिइनन्,' उनकी आमा लखीले भनिन्, 'केही समय अघि मात्रै छोरी सम्पर्कमा आएर आफू इराकमा बेचिएको घटना सुनाइन् ।'

श्रीमानले कमलालाई छाडिसकेकी छिन । उनको आठ वर्षकी छोरी काजल छिन् । छोरीले नातिनी काजललाई जिम्मा लगाएर कमाउन जान्छु भनी विदेश गएकी बताउँदै लखीले भनिन्, 'सम्पर्कविहीन छोरी बल्ल बल्ल सम्पर्कमा आइन्, छोरीको उद्धारमा सहयोग पुर्‍याइदिनुहोस् ।’

कमला २०७७ साल भदौ १० गते ओमन जाने भनेर घरबाट हिँडेकी थिइन ।  ‘तर, उनलाई इराक पुर्‍याएर बेचिएको रहेछ’ आमा लखीले रुँदै भनिन्  ‘बेचिएकी छोरीको उद्धारका लागि धेरैलाई गुहार मागे तर कसैले मेरो आवाज सुनिदिएन ।'

विदेश गएकी छोरी सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, अर्जुनधारा नगरपालिका, वडा कार्यालय, माइती नेपाल लगायतका संघ संस्थासँग छोरीको खोजी गरिदिन आग्रह गरेको बताउँदै आमा लखीले भनिन्, 'अहिले सम्म ती कुराको सुनुवाइ कहीँ कतैबाट भएन।' 

लखीकी छिमेकी सङ्गीता प्रसाईँ बंशलले भनिन्  ‘हाम्रो कुरा कसैले सुनिदिने, जानेजति सबै ठाउँ पुग्यौ तर, उनको उद्धार कतैबाट भएन ।’ विदेश गएकी कमला बेपत्ता भएसँगै उनलाई विदेश पठाउने एजेन्ट कट्टेल र खरेललाई डेढ वर्षअघि घरबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर छलफल गराएको र त्यत्ति बेला उनीहरूले १५ दिन भित्र छोरीलाई नेपाल झिकाइदिने भनेका थिए ।  तर, हालसम्म छोरीको उद्धार हुन नसकेको लखीले गुनासो गरिन् ।

कमला यसअघि पनि कुवेत गएकी थिइन् । उनी दुई वर्षसम्म कुवेतमा काम गरेर नेपाल फर्किएपछि छोरीको सुन्दर भविष्य बनाउने उद्देश्यले पुनः ओमन गएको बताइएको छ । तर, ओमन नपुर्‍याई इराक पठाएको रहेछ । सम्मनुत नेपालकी सञ्चालक तथा महिला अधिकारकर्मी कोपिला बस्नेतले कमलाको उद्धारमा सहयोग पुर्‍याई दिन  सरोकारवाला सबैमा आग्रह गरेकी छिन् । कमलालाई विदेश पठाउने एजेन्ट कट्टेललाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार