मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


बिर्तामोडमा भाटभटेनीको २६ औं स्टोर, भोलिबाट सञ्चालनमा आउँदै

देश प्रदेश डेस्क 5095+ समाचार ( )
३ अशोज २०८०, बुधवार

झापा मुलुकमा आर्थिक संकटकाबीच हजारौँलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठुलो चेन सुपर स्टोर भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउन लागेको छ ।

 स्टोर झापा जिल्लाको व्यापारिक शहर बिर्तामोडको भगवान् चोकमा असोज ४ गतेबाट सञ्चालनमा आउने भएको हो । बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ स्पेस सहित सञ्चलनमा आउन लगेको हो । 

२ अर्ब बढी लगानीमा सञ्चालनमा आउने यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ । स्वदेशी तथा विदेशी ब्रान्ड का उच्च गुणस्तरका सामानहरू पाइने यस सुपर स्टोरमा झापा जिल्ला सहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती शहरबाट समेत ग्राहकहरू किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको रहेको छ । 

नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठुला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन् ।

 देशमा व्याप्त आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निराशा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ । भाट्भटेनीको स्थापनाले बिर्तामोड लगायत पूर्वी नेपालकै आर्थिक तथा पर्यटकीय गतिविधि समेत बढ्ने देखिन्छ । 

उपभोक्ता लाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने हुँदा भाटभटेनी यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए । 

भाटभटेनी व्यवसाय मात्र नभै रोजगारी अभियान पनि रहेको हुँदा हाल सम्म करिब दश हजार बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार प्राप्त गरेको अध्यक्ष गुरुङ बताउँछन् । 

असोज ४ गते बिहीबारबाट सञ्चालनमा आउने सुपर स्टोरको लागि सम्पूर्ण तयारी सकिएको भाटभटेनीले जनाएको छ । उद्घाटनका अवसरमा आम ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्समा २० प्रतिशत सम्म छुटको व्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए । 

यस स्टोरमा ग्रोसरी, किचन वेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेकट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किडजान तथा स्केट पार्क लगायतका सुविधाहरू रहने भट्भटेनीले जनाइएको छ । बिर्तामोडमा २६औ स्टोर सञ्चालनमा आएपश्चात् झापाको दमकमा समेत आगामी बैशाख सम्ममा २७औ स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार