मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापामा हात्तीको आहारा जोहो

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

झापा झापाको हात्ती करिडोर क्षेत्रमा हात्तीमैत्री वन बनाउनका लागि हात्तीका लागि आहारा हुने किसिमका फलफूलका विरुवा रोप्न थालिएको छ ।

भारतबाट आउने हात्तीको संख्या घट्नुको सट्टा दिनानुदिन बढ्दै गएपछि झापाको प्रमुख समस्याको रुपमा मानव–हात्ती द्वन्द्व बन्दै गएको छ । हात्ती प्रभावित क्षेत्रका मानिस र जंगली हात्ती तथा जनावरहरुबीचको द्वन्द्वलाई कम गर्नका लागि जंगलहरुमा हात्तीमैत्री फलफूल तथा बनस्पति लगाउन प्रेरित गर्न थालिएको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले बताए । हात्ती प्रभावित क्षेत्रमा १०देखि १५ वटा हात्तीका लागि मात्र आहारा उपलब्ध हुनसक्छ– पाठकले भने ।

जंगलमा आहारा नपाएपछि हात्तीहरु बस्ती पस्ने गरेको उनले बताए । पहिलापहिला भारतबाट दुई चार वटाको समूहमा हात्ती आउने गरेका थिए अहिले त एकैचोटी दुई सय वटासम्म हात्ती प्रवेश गरेका छन्– उनले भने । हामीले अब यस बिषयमा गम्भीर नहुँदा भोलि ठूलो समस्या आउनसक्छ– उनले भने ।

हात्ती करिडोरभित्रका जंगलमा हात्तीका लागि आवश्यक आहारा व्यवस्थापन गर्ने र हात्तीमैत्री व्यवहार गर्ने हो भने मानवीय र भौतिक क्षति कम हुनसक्ने अधिकृत पाठकले बताए । डिभिजन वन कार्यालय र बिभिन्न सामुदायिक वनहरुले आँप, केरा, बाँस, अम्बक लगायतका विरुवाहरु रोप्दै आएको उनले जानकारी दिए । खाना नपाएका दुब्लाएर हड्डी मात्र भएका हात्तीहरु समेत आएको देखेका छांै– उनले भने ।

हात्तीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा पनि मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि बिभिन्न प्रयास हुँदै आएका छन् । वडा नं. ४का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार शुरुवातमा मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि हात्तीमैत्री ब्यवहारको कुरा गर्दा सबैले अनौठो मान्ने गरेका थिए ।

पछिल्लो समयमा हात्तीका लागि आहारा ब्यवस्थापन गर्ने, हात्तीमैत्री वन व्यवस्थापन गर्ने बिषयमा स्थानीयहरु पनि सकारात्मक बन्दै गएका छन् । हात्ती सहज हिँडुडुल गर्ने र खाने रमाउने व्यवस्थापन गर्दा बस्तीमा पसेर क्षति कम हुन्छ भन्ने अब सबैले बुझ्न थाल्नु भएको छ– उनले भने । हात्तीका लागि जंगलमा आहारा व्यवस्थापन गर्न सके यसबाट हुने क्षति कम गर्न सकिन्छ– उनले भने ।

हात्तीको बासस्थानमा अतिक्रमण हुँदै गएको र हात्ती ओहो–दोहोर गर्ने क्षेत्र अतिक्रमण गरेर बस्ती बसेकाले समस्या भएको बुझ्न जरुरी छ– मानव–हात्ती द्वन्द्व ब्यवस्थापनमा लामो समयदेखि कार्यरत वडाध्यक्ष कार्कीको भनाइ छ । हाम्र्रै कारण सिर्जित समस्या सामधानका लागि हामी आफैं नै लाग्नुपर्नेमा उनले जोड दिए ।

मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्नका लागि मेची नदीको दुबै किनारमा नेपाल र भारतले हात्तीलाई मनपर्ने आहारको व्यवस्थासहित ग्रीनबेल्ट निर्माण गर्नुपर्ने सुझाव आफूले बर्षौदेखि दिएको कार्की बताए ।

सुकेडाँगी सामुदायिक बनकी अध्यक्ष शान्ति उपाध्याय घिमिरेले दुई बर्ष अघिदेखि नै आफूहरुले निरन्तर रुपमा बनमा केरा, बाँस लगायतका विरुवाहरु रोप्दै आएको बताइन् । जंगलभित्र आएका हात्तीहरु खाद्यान्नको खोजीमा बस्तीतर्फ प्रवेश नगरुन् भन्ने उद्देश्यले आफूहरुले हात्तीमैत्री आहारको व्यवस्थापनमा जुटेको उनले बताइन् ।

झापामा हात्ती करिडोर बनाउन शुरु पनि भएको थियो । यसको प्रभावकारी कार्यान्वयन र काम भने हुन सकेको छैन । भारतीय हात्तीलाई सकेसम्म नेपाल छिर्न नदिन इलेक्ट्रिक फेन्सिङ तार जडान, बाँध निर्माण लगायतका कामहरु पनि हुँदै आएका छन् । हात्ती प्रभावित क्षेत्रका चुनावी नारा पनि यही नै हुने गरेको छ । पूर्वाञ्चल दैनिकमा याे समाचार छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार