मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

स्वास्थ्य संस्थामा राजनीतिकरण हुन नदिने-मन्त्री कार्की

देश प्रदेश डेस्क 5351+ समाचार ( )
१४ आषाढ २०८१, शुक्रबार

झापा  काेशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले स्वास्थ्य संस्थामा राजनीतिकरण हुन नदिने बताएका छन् । कोशी प्रदेश स्वास्थ्य मन्त्रलाय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजानामा शुक्रबार विराटनगरमा वास्थ्य सेवा प्रवर्द्धनका लागि सञ्चारकर्मी एवम् स्वास्थ्यकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रमकाे अवसरमा मन्त्री कार्कीले यस्ताे बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका कार्कीले आफ्नो कार्यकाल अवधिभर राजनीतिकरणबाट मुक्त राख्न लागिपर्ने बताए । तीन तहको सरकारले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच पुऱ्याउन लाग्नु पर्नेमा उनले जोड दिए  ।प्रदेशका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभावको व्यवस्थापन गर्ने उनकाे भनाई थियाे । दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच बढाउने उनले बताए। ऐन कानुन निर्माण गरी नयाँ ढंगका साथ आफू लागि पर्ने उनले बताए ।

प्रादेशिक अस्पताल भद्रपुरलाइ उत्कृष्ट बनाउने साथै प्रादेशिक आयूर्वेदिक अस्पताल केन्द्र झापा लखनपुरलाइ आयूर्वेद स्वास्थ्य प्रतिष्ठानकाे रूपमा विकास गर्ने जनाए । स्वास्थ्यमा देखिएका समस्यालाइ कार्यदल नै बनाएर सुधार गरिने उल्लेख गरे । उनले अस्पताल विकास समितिकाे अध्यक्षमा देखिएकाे अन्याैल चाडै टुङ्गाेमा पुग्ने जानकारी दिए ।

अन्तरक्रियामा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले स्वास्थ्य कार्यक्रम हरुको सुचक, प्रगति र चुनौति विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस्तै, सम्बाद समूह मोरङका सुमन सुस्केराले कोशी प्रदेशका स्वास्थ्य संस्थाकाे अवस्था, समस्या र राम्रा प्रयासका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर राधिका थपलियाले स्वास्थ्य साक्षारता कम भएकाेले पनि प्रदेशमा भने जसरी सफलता हासिल हुन नसकेको बताइन् । सोको विषयमा विश्लेषण गर्न जरुरी रहेको उनकाे भनाइ थियाे । 

स्वास्थ्य क्षेत्रको प्रबर्दनमा सञ्चार क्षेत्रको भूमिका सराहनीय भएको उनले बताइन्  । लक्ष्य प्राप्तिमा मन्त्रालय प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष हेमा चेम्जोङ लगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । स्वास्थ्य अधिकृत तुलसी प्रसाद गुराँगाइले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार