मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

अभियन्ता वेदिका केसी थुनाबाहिरै रहेर अनुसन्धानमा, पाँच वर्षसम्म कैद हुन सक्ने

भेषराज नेपाल 149+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

झापा / सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको र चरित्र हत्या गरेको आरोपमा पक्राउ परेकी अभियन्ता वेदिका केसीलाई प्रहरीले थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाएको छ ।

बुधवार मध्यान्ह पक्राउ परेर साँझ हाजिर जमानीमा रिहा भएकी केसीसँग साइबर ब्युरोका अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन् । उनको बयान पुरा भएको छैन ।

केसीलाई हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताए । उनले भने, ‘हिरासतमा राखेका छैनौँ, हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको छ ।’

मोरङको विराटनगर स्थायी घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २२ वर्षीया केसीलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीको टोलीले जोरपाटीबाटै नियन्त्रणमा लिएको थियो । सामाजिक सञ्जालमा धर्मभित्रका गलत प्रवृत्ति र अन्धविश्वासविरुद्ध आवाज उठाउने अभियन्ताका रूपमा चिनिएकी कक्षा १२ सम्म अध्ययन गरेकी केसीविरुद्ध कथावाचिका राधिका दासीले उजुरी दिएकी थिइन् ।

केसीले सञ्चारकर्मी प्रकाश सुवेदीसँगको एक टेलिभिजन अन्तर्वार्ताका साथै विभिन्न युट्युब च्यानल र सामाजिक सञ्जालमा राधिका दासीविरुद्ध बिनाप्रमाण व्यक्तिगत लान्छना लगाएकी थिइन् । उक्त अनर्गल प्रचार र व्यक्तिगत गालीबेइज्जतीले आफ्नो चरित्र हत्या भएको भन्दै राधिका दासीले दिएको जाहेरीका आधारमा ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो । हाल प्रहरीले उनलाई हाजिर जमानीमा छाडेर थुनाबाहिरैबाट अनुसन्धान प्रक्रियालाई निरन्तरता दिएको छ । केसीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत साइबर अपराधको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ, जसमा दोषी ठहरिएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार