मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

भद्रपुरमा विभिन्न लघुवित्त कम्पनीले "ग्लोबल मनी विक" मनाउदै

देश प्रदेश डेस्क 5473+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

झापा / स्मार्ट मनी टक्स’ भन्ने मूल नाराकासाथ नेपाललगायत विश्वभर ग्लोबल मनी विक मनाइदै छ ।

झापाको भद्रपुरमा पनि विभिन्न लघुवित्त कम्पनीहरुले यहि चैत २ देखि ८ सम्म विविध कार्यक्रमको आयोजना गरेर ग्लोबल मनी विक मनाउदै छन् । 

साताव्यापी कार्यक्रम अन्तर्गत लघुवित्त कर्माचारी मिलन केन्द्र भद्रपुरको संयोजकमा आज शुक्रबार बिहान भद्रपुर ८ स्थित सगरमाथा चौकबाट प्रभात फेरी निकालेर क्याम्पस मोड, एसपी मोड हुँदै लेखनाथ चौकमा आएर समापन भएको थियो । प्रभात फेरीको र्यालीमा विभिन्न प्ले कार्ड बोकेर "ग्लोबल मनी विक सफल पारौं" । "बचत गर्ने बानीको विकास गरौं" जस्ता नारा पनि लगाएका थिए ।

उक्त प्रभात फेरीमा नेरुडे मिर्मिरे, ग्लोव आई एम ई, स्वावलम्बन, निर्धन उत्थान,  जिवन विकास, हिमालयनएन आइ सी, सुर्योदय वोमी, आरम्भ चौतारी,  फर्वाड, मेरो माइक्रो, एन एम सी,  नाडेप र नेश्नल लघुवितको सहभागिता रहेको थियो ।

बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले यसको अतिरिक्त अन्य सङ्घसंस्था र सरोकारवाला निकाय पनि यस अभियानमा आबद्ध हुन सक्ने भएकाले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था र निकायलाई अभियानमा सहभागी भई ग्लोबल मनी विक भव्य रूपमा मनाउनका सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ ।  

प्रभात फेरी समापनको क्रममा लघुवित्त कर्माचारी मिलन केन्द्र भद्रपुरका कोषाध्यक्ष तथा नेश्नल लघुवित्त वित्तिय संस्था भद्रपुरका शाखा प्रमुख दिलिप कुमार राईले यो कार्यक्रम सन् २०१२ देखि मनाउँदै आएको बताए ।

त्यसैगरि केन्द्रका अध्यक्ष तथा नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था भद्रपुरका शाखा प्रमुख नरेश तिरुवाले सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

धर्मेन्द्र कुमार राजबंशी ६ चैत्र २०८२, शुक्रबार

धन्यबाद

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार