मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

६० वर्षपछि परिवारसँग भेट हुँदा मैतबलको मुहारमा मुस्कान

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

झापा २०१९ सालमा परिवार छाडेर साथीसँग पाँचथरको रानीगाउँ लहङठुवाबाट मुुगलानतर्फ पाइला बढाएका मैतबल उर्फ जयबहादुर लिम्बू आज ६० वर्षपछि आफन्तसँग मिलनको मुस्कान साटिरहेका थिए । 

परिवारसँग भेटेपछि अलिअलि बिराएकामा र धेरै पुनर्मिलन भएकामा हाँसो हाँसिरहेका उनले भनें– ‘खै कसरी बाटो बिराएँ, थाहा पो छैन ।’ ८० वर्ष पुगेका उनी ७६ वर्षका माइला भाइ पदमप्रसाद लिम्बू, ७४ वर्षका साइँला भाइ काउनबहादुर सम्बाहाम्फे र ६८ वर्षीय कान्छी बहिनी सुकमाया लिम्बूसँग सँगै देखिए ।  धरान १० स्थित नारायण चोकमा भतिजा गणेशकुमार सम्बाहाम्फेको आश्रयमा उनी पुराना कुरा सुनाउँदै गए । – ‘२० वर्षको उमेरमा इण्डियातिर पसेको । पसेको पसेकै कताकता गइयो, कता हिंडियो । अहिले अरुणाचलतिर पुगियो । घर लिएर बसेको छु ।’

कसरी हिंड्नु भयो त ? – मैतबल भन्छन्, ‘अन्जानमै हिंडियो ।’ उनको अन्जानको हाँसो पनि सँगै आउँछ– ‘के भएर हिंडे–हिंडे अचानक, खोई अहिले मनमा सोचेर पनि सोचमै आउँदैन के भएर हिंडे–हिंडे ।’

‘कमाउँला भनेर हिंडेको थिएँ, बुढो भइगयो ।’ 

घरबाट हिंडेपछि उनी कोइलाखात पुगे । त्यहाँ तीन वर्ष बसे । असम पुगेर खेतीबारी गरे । अनि अरुणाचल । 

‘पहाडमा दुःख थियो । सायद सुखको खोजीमा हिंडे होला दाइ’ मैतबलका साइँला भाइ काउनबहादुरले भने । 

माइला भाइ पदमप्रसाद लिम्बूले दाइ भेटिएलान् भनेर धेरै वर्ष खोजी गरे । तर, आज ६० वर्षपछि भेट गरे । इण्डियामा पनि धेरै ठाउँ खोजें, यहाँ त मैतबल–मैतबल भन्थ्यो, उता नाम फेरेर बसेछ ।’ भाइ पदमप्रसादले भने– आज ६० वर्षपछि भेट भयो, कोइलाखातबाट अरु मान्छे आउँथे तर दाइ चाहिं नआउने, ०१९ सालमा गएपछि गको–गकै ।’

अरुणाचलमा मैतबलको घरजेथा छ । गाइबाख्रा छन् । तिनैको मायाले फेरि उनलाई उतै डोर्याउँदै छ । तर यता भाइ–भतिजालाई यिनको नागरिकता बनाइदिन पाए हुन्थ्यो भन्ने लागेको छ । 

बाले ६० वर्षपछि भेटेका दाइ । भतिजा गणेशकुमार सम्बाहाम्फे बडा भेटेकामा खुसी छन् । बडाको नागरिकता बनाइदिने जिम्मेवारी छ उनमा । के–कसरी बनाउन सकिन्छ, कानुनले के भन्छ ? खोजी गर्दैछन् उनी । 

बाउबाजेको प्रसाद भाइभतिजाले अंश पनि मासिदिएका छैनन् । मैतबल भन्छन्, ‘यतै बस्न रहर त छ नि, उता पनि गाईबस्तु, बाख्रा छन् ।’  ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै