मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

राजेन्द्र लिङ्देनकै नेतृत्वमा घोषणा पत्र तयारी हुदै

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१९ माघ २०८२, आइतबार

झापा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदकाे निर्वाचनमा आफ्नाे बहुमत ल्याउने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनकाे नेतृत्वमा पार्टीले घाेषणपत्र तयार गर्दै छ ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार घोषणा पत्रलाई अन्तिम रूप दिएर केही दिनभित्रै सार्वजनिक गरिनेछ।

‘अध्यक्षज्यूकै नेतृत्वमा घोषणा पत्र लेखन कार्य भइरहेको छ, घोषणा पत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामी छिट्टै घोषणा पत्र सार्वजनिक गर्छौं।’

‘अभिभावकीय संस्थाका रूपमा राजसंस्था, हिन्दुराष्ट्र, प्रदेश संरचना खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायतका एजेन्डा छन्,’ उनले भने, ‘यी विषयहरू प्राप्त हुन सकेको छैन तर हामीले सडक र सदनमा प्रभावकारी रूपमा काम आवाज उठायौं। यी विषय यसपालि पनि घोषणा पत्रमा समावेश गरिएको छ।’

यसबाहेक सामाजिक, आर्थिक रूपान्तरणका एजेन्डा पनि घोषणा पत्रमा रहने उनले जानकारी दिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार