विपद् सम्बन्धी २० जना नगर प्रहरीलाइ तालिम

देश प्रदेश डेस्क 5231+ समाचार ( )
१० आषाढ २०८३, बुधवार
झापा झापामा समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वामा सञ्चालन गरिएकाे हाे ।

मङ्गलबारबाट असार १५ गतेसम्म संचालन गरिने ७ दिने तालिममा मेचीनगर , अर्जुनधारा, बिर्तामोड , कन्काई र भद्रपुर नगरपालिकाका ४–४ जना गरी जम्मा २० जना नगर प्रहरी सहभागी छन् । तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई बिपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार तथा विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिने गणका प्रबक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले बताए ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी लगायत प्रशिक्षार्थी नगर प्रहरीहरु र कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले विपद्का घटनाहरूको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय तह, सशस्त्र प्रहरी बल नेपाल तथा समुदायबीचको समन्वय अपरिहार्य रहेको बताए। उनले यस्ता तालिमले समुदायमा दक्ष जनशक्ति उत्पादन गरी विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै