मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

कोशी प्रदेशमा ३८ स्थानमा परेकाे चट्याङले चार जना मानिसको मृत्यु, १७ घाइते

देश प्रदेश डेस्क 5474+ समाचार ( )
५ आषाढ २०८१, बुधवार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा चालु आर्थिक वर्षको दशमहिनामा कोशी प्रदेका विभिन्न जिल्लाका अलग अलग ३८ स्थानमा चट्याङ परेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी उपरीक्षक सुमनकुमार तिमस्निाका अनुसार त्यसमा परेर चार जना मानिसको मृत्यु, १७ जना घाइते भएका छन् । ५० वटा चौपा मर्दा २० वटा घर प्रभावित बनेका छन् । कुल २८ लाख १४ हजार तीन सय रुपैयाँको क्षति पुग्दा १ सय ६५ जना प्रहरी परिचालन गरिएको छ ।

गत आर्थिक वर्ष २०७९ / ०८० मा कोशी प्रदेशका विभिन्न जिल्लामा परेको चटयाङका कारण नौ जनाको मृत्यु भएको छ भने, ९८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार त्यो अवधिमा प्रदेशका ७३ स्थानमा चट्याङ परेको थियो । त्यसका कारण ९८ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । एकवर्षमा तीन सय १४ जना प्रहरी परिचालन गरिएको थियो । चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत का हुन्छन् । विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण र ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्ने बताइएको छ ।

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिने गरिएको छ । जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुने मौसमविद्हरुको भनाई छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार