मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

हतियार र सञ्चार सेटसहित मोरङमा दुई जना पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

झापा प्रहरीले हतियार र सञ्चार सेटसहित मोरङको सुन्दरहरैचामा दुई जनालाई नियन्त्रणमा लिएको छ।

 प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बूको घरबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय माेरङ्ले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले लिम्बुको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको सुत्ने कोठाबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, बाओफेङ लेखिएका दुई थान हेण्डसेट र भरुवा बन्दुक फेला परेको जिल्लाका  प्रहरी प्रवक्ता हरिनन्दन चौधरीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा लिम्बूले उक्त हतियार र हेण्डसेट सुन्दरहरैचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङबाट लिएको खुलाएका थिए। लगत्तै प्रहरीले गुरुङलाई पनि उनकै घरबाट नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको  प्रवक्ता  चौधरीले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार