मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

इलामकाे आहालेमा पिकअप भेन दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१ आषाढ २०८२, आइतबार

झापा / इलाम नगरपालिका ११ सोयाकको आहालेमा पिकअप भेन दुर्घटना दुर्घटनामा परि एकजनाको मृत्यु  भएकाे छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परि गाडी मालिक झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई ९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय विष्णु पराजुलीको मृत्यु भएको छ भने पराजुलीकी छोरी ८ वर्षीया प्रेयन्सा पराजुली र इलाम देउमाई ९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका प्रहरीले जानकारी दिएकाे  छ ।उनीहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

झापाको बिर्तामोडबाट खाद्य सामग्री लिएर इलामको जितपुरजाँदै गरेकाे प्र–१–०१–००१ च ९७७८ नम्बरको पिकअप भेन इलाम नगरपालिका ११ सोयाकको आहालेमा आइतबार साँझ ७ः०५ बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटनामा परेकाे हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार