मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

पहिचानवादीविरुद्ध एमाले अझ कडा हुने पोखरेलको चेतावनी

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२ पौष २०८०, सोमबार

झापा  पार्टीको ‘समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध गरेका पहिचानवादीविरुद्ध नेकपा एमाले अझ कडा रुपमा प्रस्तुत भएको छ ।

मध्यपहाडी लोकमार्गमा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको संकल्प यात्रा समापन भएको भोलिपल्ट एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पहिचानवादीप्रति खरो रुपमा प्रस्तुत भएका हुन् । उनले पहिचानवादीहरुको हिंसात्मक क्रियाकलाप कदापि स्वीकार गर्न नसकिने बताए । ‘संविधानसम्मत सबै कुरा राख्न पाइन्छ , विमति जनाउन पाईन्छ , विरोध गर्न पाइन्छ तर, त्योभन्दा फरक रहेर हिंसालाई प्रोत्साहन गर्ने क्रियाकलाप स्वीकार्य हुँदैन’ सोमवार प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

पहिचानवादीहरुले गरेको हिंसाको प्रतिहिंसाले जवाफ नदिने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले शान्तिपूर्ण रुपले जनतामाझ कुरा राख्ने बताए । उनले पहिचानवादीहरुलाई मारकाटमा उत्रिएर समाधान नखोज्न चेतावनी दिँदै मारकाटबाट समाधान किमार्थ संभव नहुने स्पष्ट पारे । उनले प्रक्रियाबाट टुंगिसकेको प्रदेशको नामकरणको सवालमा बितण्डा नमच्चाई चित्त नबुझे विधिसम्मत , शान्तिपूर्ण ढंगले समाधान खोज्न आग्रह गरे ।

यसअघि एमालेले पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सयोजकत्वमा वार्ता समिति गठन गरिसकेको स्मरण गराउँदै वार्ता संवाद नै अन्तिम विकल्प भएको जोड दिए । एमालेको संकल्प यात्रा कोशी प्रदेशमा प्रवेश गरेदेखि नै पहिचानवादीहरुले अवरोध गरेका थिए । शुरुदेखि नै बन्द हड्ताल गरेका पहिचानवादीहरुले धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि दुर्व्यवहारसमेत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार