रिपोर्टिङका लागि फिल्डमा पुगेका पत्रकारमाथि दुर्व्यवहार

देश प्रदेश डेस्क 5096+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

झापा नेपालको पुर्वी नाका काँकरभिट्टामा प्रहरीले रिपोर्टिङका लागि फिल्डमा पुगेका पत्रकार माथि नै दुर्व्यवहार गरेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका असइ तार्केश्वर सोर्णकारले रिपोर्टिङका लागि फिल्डमा पुगेका पत्रकार युवराज आचार्य र प्रविन अधिकारी माथि दुर्व्यवहार गरेका हुन् ।

पुरानो मेची पुलबाट आउने सर्वसाधारण र साना व्यवसायीहरूले नाकामा प्रहरीका कारण समस्या भएको गुनासो गरेपछि त्यस विषयमा रिपोर्टिङका लागि फिल्डमा पुगेका पत्रकार माथि नै नेपाल प्रहरीले दुर्व्यवहार गरेका छन् ।

सार्वजनिक स्थलमा प्रहरीले समाचार संकलनका लागि पुगेका पत्रकार माथि गरेको दुर्व्यवहारका विषयमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजाललाई जानकारी गराइएको थियो । तर, प्रवक्ता रिजालले असइ तार्केश्वरलाई सम्झाउनुको सट्टा उल्टै नाकाको मुख्य डिउटीमा खटाएको बुझिएको छ ।

नेपालको पुर्वी नाका काँकरभिट्टामा प्रहरीले व्यपारीसँग लाइन मिलाएर रकम असुल्ने गरेको जनगुनासो रहेको छ ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट डिउटीमा खटिएका तथा घुमुवा प्रहरीले व्यपारीहरूसँग विना भन्सार सामान छोडे बापत रकम लिने गरेको खुलेको हो ।

आर्थिक लाभका लागि आफ्नो मर्यादा समेत ख्याल नराख्दा बेलाबेला यहाँका प्रहरीहरू आलोचित हुने गरेका छन् । प्रहरीले मेची पुलमा नै पुगेर समेत व्यपारीबाट रकम असुल्ने गरेपछि केही व्यपारीले त्यसको विरोध गर्ने गरेका छन् । त्यस्तै कहिलेकाहीँ व्यपारी र प्रहरी बिच झडप कै अवस्था समेत सृजना हुने गरेको छ ।

नाकामा प्रहरीको ज्याजती भनिसाध्य छैन एक व्यपारीले भने, उनीहरूलाई चित्त बुझाएन भने पुरै दु:ख दिने गर्दछन् । भन्सार गरि लैजाने सामान पनि भन्सार कार्यालय पुर्याउन नपाइ नै रोक्ने गरेको उनको भनाइ छ ।

दैनिक रूपमा खाद्यान्न, किराना पसल तथा घरायसी प्रयोजनका लागि भारतको पानीट्याङकीबाट सामान ओसारपसार गरेर घर खर्च चलाउँद‌ै आएका स-साना व्यपारीलाई दुःख दिदैं प्रहरीले पैसा कमाउने माध्यम बनाएर रकम असुल्ने गरेको अर्का एक व्यपारीले गुनासो गरे ।

प्रहरीले भन्सार भन्दा करीब ५०० मिटर पर रहेको मेची पुलको मुखबाट नै चेकजाँजको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो यहाँको साना व्यापारीहरुले गरेका छन् । सोझै भन्सार अघिल्तिरबाट आउने सर्वसाधारणलाई पुलको मुखमै किन दुःख दिइन्छ भनेर आफुले बुझ्न नसकेको एक व्यापरीले बताए । मेराे मेचिनगरबाट साभार

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार