मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

काठमाडौँ महानगरले स्कुलमा योग सिकाउने

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१ माघ २०८०, सोमबार

झापा  काठमाडौँ महानगरपालिकाले विद्यालयमा योग सिकाउने भएको छ ।महानगरले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए ।नवौं राष्ट्रिय योग दिवसका अवसरमा सोमबार स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महर्जनले भने, ‘विद्यालयहरुमा अक्षर मात्र सिकाउँदैनौं । योगबाट सुखी हुने सीप पनि सिकाउँछौं ।’ उपचारात्मक स्वास्थ्य सेवाभन्दा निदानात्मक उपचार पद्धतिमा महानगरपालिकाको जोड रहेको भन्दै उनले ज्ञान र विज्ञानलाई जोड्ने क्षमता योग विधामा रहेकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

योगलाई जातीय, धार्मिक र साम्प्रदायिक सम्पत्तिका रुपमा नभई स्वास्थ्य मानव जीवनका लागि अपरिहार्य साझा सम्पत्तिका रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।

सहरबासीमा भएको शारीरिक निष्क्रियतालाई सक्रिय बनाएर नसर्ने रोगबाट बचाउने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । आयुर्वेदिक र वैकल्पिक उपचार पद्धतिको प्रवर्द्धन गर्न महानगर स्वर्णिम योजनाअन्तर्गत आरोग्य जीवन कार्यक्रम सञ्चालन भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार